खेलाडीको बिदा गर्दै राखेप सदस्यसचिवले भने- समस्या मलाई भन्नुहोस् हल गर्छु « Khabarhub

खेलाडीको बिदा गर्दै राखेप सदस्यसचिवले भने- समस्या मलाई भन्नुहोस् हल गर्छु


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –टी ट्वान्टी आई र विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश कूमार सिलवालले उच्च मनोबलका साथ खेल्न सुझाव दिँदै नेपाली टोलीको बिदाई गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राखेप हलमा विदाई कार्यक्रम आयोजना गरी नेपलाी टोलीको बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा सदस्य सचिव सिलवालसहित राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमटासहित राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक तथा प्राविधिक टोली सबैको सहभागिता थियो ।

खेलेर देशको नाम राख्नुहोस्

नव नियुक्त राखेप सदस्यसचिव सिलवालले खेलेर देशको नाम राख्न खेलाडीलाई आग्रह गरेका छन् । खेलाडीले देशका लागि खेल्ने भन्दै उनले खेलाडीका समस्या अब राखेपले हल गर्ने बताए । उनले भने, ‘तपाईहरु राम्रो खेलेर आउनुस् । मेरो शुभकामना । केही समस्या भए मलाई आएर भन्नुस्। खेल क्षेत्रका समस्याको समाधान गर्न म आएको छु ।’

उनले मिडियाबाजीले खेलको विकास नहुने पनि बताए । प्रगति गरे मिडियालाई भन्नुहोस भन्दै उनले भने, ‘खेल क्षेत्रको विकास हामी मिलेर गर्ने हो । तपाईंको क्षमता देखाएर लिएको विकेट र हानेको चौका, छक्कासहित शतक मिडियालाई भन्नुहोस् । समस्या हामीले समाधान गर्नुपर्ने हो । जे समस्या छन् मलाई सोझै भन्नुहोस् । हल गर्ने मेरो काम हुनेछ ।’

यस्तै, सदस्य सचिव सिलवालले क्यानको विषयमा छलफलका लागि गर्न ५ सदस्यीय आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिलाई बोलाइ सकेको बताए ।

जुलाई १३ र १४ तारिखमा मलेसियासँग २ अन्तर्राष्ट्रिय टि–२० खेल्नेछ भने जुलाई २०–२९ सम्म सिंगापुरमा हुने आईसीसी विश्वकप टि–२० एसिया फाइनल्स खेल्नेछ ।

नेपाली टोली आजै उड्ने

नेपाली टोली १४ सदस्यीय टोलीसहित आज (मंगलबार) त्यसतर्फ प्रस्थान भइसकेको छ । मलेसिया जानु अगाडि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले विश्वकप क्रिकेटका लागि यात्रा शुरु भएको बताउँदै सक्दो मेहनत गरेर लक्ष्य पुरा गर्ने बताएका छन् ।

‘हामीसँग १४ जना खेलाडी छन् । यो टिम सन्तुलित छ । छनोटको शीर्ष स्थानमा पुग्ने योजनासहित हामी मैदान उत्रिनेछौं । तयारी पनि राम्रो भएको छ’, कप्तान खड्काले भने,‘ छनोटमा प्रतिस्पर्धी हामी भन्दा कमजोर छ भन्दा पनि आफ्नो राम्रो खेल्दै विश्वकपको ग्लोबल क्वालिफायरका लागि यात्रा तय गर्नेछौं ।’

सिंगापुरका हुने छनेटमा पनि यसअघिकै १४ सदस्यीय टोलीका खेलाडी छन् । तर, पछिल्लो एक वर्ष राष्ट्रिय टोली बाहिर रहेका शरद भेषावकर टोलीमा फर्किएका छन् ।

सिंगापुरमा खेल्न नेपाली टोलीका खेलाडीहरु शारिरिक र मानसिक रुपमा तयार रहेको कप्तान खड्काले बताएका छन् ।

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत छन् । नेपालले पहिलो खेल कतारसँग खेल्नेछ ।

नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ भने दोस्रो खेलमा नेपालले मलेसियासँग २४ जुलाई र तेस्रो खेल २७ जुलाईमा कुवेतसँग खेल्दा २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोटको शीर्ष स्थानमा रहने टोेली विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।

नेपाली टोली

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी।

वैकल्पिक खेलाडी

कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, सुसान भारी, आरिफ शेख

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : १२ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना