बोर्डले थाल्यो ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को तयारी | Khabarhub Khabarhub

बोर्डले थाल्यो ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को तयारी


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ समारोहको आयोजना गर्ने भएको छ । बोर्डले यही असार २७ गते राष्ट्रपति भवन, शीतल निवासमा भव्य कार्यक्रमको आयोजना गर्ने भएको हो ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह ३ वर्षदेखि हुन सकेको थिएन । त्यसैले यसपटकको पुरस्कार समारोहका लागि विशेष रुपमा तयारी गरिएको पनि जनाइएको छ ।

बोर्डले यस वर्ष ३ वर्षको राष्ट्रिय चलचित्र पुरस्कार एकैपटक प्रदान गर्ने जनाएको छ । तीनै वर्ष प्रदर्शनमा आएका चलचित्रबाट निर्णायकले चयनमा पारेका चलचित्रको नाम बोर्डलाई बुझाइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

पुरस्कृत हुने सबैले जनही २५ हजार रुपैयाँ समेत पाउनेछन् । समारोहमा ३ वर्षको दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ ।

पुरस्कृतलाई सम्मानका खातिर हरेक विधामा २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको बोर्ड अध्यक्ष भट्टराईले बताए । साथै अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय गरिएको छ ।

यस्तै चलचित्र विकास बोर्डले समारोहमा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानित हुनुहुने सबै विशिष्ट चलचित्रकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

यता राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई चलचित्रमय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाहरुले करिब १२ मिनेटको नृत्य प्रस्तुत गर्ने पनि कार्यक्रम छ । पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : ४८ बजे

गैरकानूनी चन्दा उठाउनेलाई कारबाही गरिने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तीन अर्ब ३० करोड रुपैयाँ वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल

काठमाडौं– आज मिति २०८२ साल असोज २८ गते मंगलबार ।