बाल यौन दुराचारी पिटरलाई ९ वर्ष कैद « Khabarhub

बाल यौन दुराचारी पिटरलाई ९ वर्ष कैद


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाल यौन दूराचारको अभियोग लागेका पिटर जोहन डालग्लिसलाई ९ सजाय सुनाइएको छ । काभ्रे जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको हो ।

पिटर नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक हुन् ।

यसरी पक्राउ परेका थिए हाइप्रोफाइल पिटर

अनुसन्धानमा संलग्न ब्युरोका तत्कालिन डिएसपी कवित कटवालका अनुसार, पीटर मुख्यगरी बाल यौन दुराचारकै निम्ति बारम्बार नेपाल आउने गरेका थिए। उनले काभ्रेको मण्डन देउपुरमा आफ्नै लगानीमा घरसमेत बनाएका थिए। यूएन ह्याबिट्याटका निम्ति अफगानिस्तान प्रतिनिधिका रूपमा समेत काम गरेका पिटरले आफ्नै घरमा काम गर्न बस्नेका छोरा र उनका आफन्तका छोरामाथि यौन शोषण गरेको आरोप थियो।

तत्कालिन समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पिल्लर ३ सम्हालेका कटवालको टोलीले पिटरलाई पक्राउ गरेको थियो। डिएसपी कवित कटवाल भन्छन्-युएनको विशिष्ट पदमा कार्य गरिसकेका व्यक्ति बाल यौन दुराचारमा संलग्न होलान् भनेर विश्वास समेत लागेको थिएन। तर, जब सीआईबीमा उजुरी पुग्यो तब हाम्रमे टोलीले पिटरमाथि निगरानी बढाउन थाल्यो।

कटवाल थप्छन्-अनुसन्धान गर्दै जाँदा पत्ता लाग्यो की पिटर त काभ्रेको कात्तिके देउराली भन्ने स्थानमा घर नै बनाएर नेपाली बालकमाथि यौन दुराचार गरिरहेका रहेछन्। कट्वालका अनुसार, एकजना पीडित बालकको बयानका आधारमा उनि विरुद्ध अनुसन्धान अघि बढेको थियो। लगातार २१ दिन सम्म प्रहरी टोलीले पिटरबारे निगरानी राखेको थियो। यही क्रममा २०७४ साल चैत्र २४ गते राती पिटर २ जना बालकलाई लिएर जब उसको फार्म हाउसमा पुगे। लगत्तै उनको निगरानीमा रहेको सिआईबीको टोलीले पिटरमाथि एक्सन लियो र उनलाई पक्राउ गर्‍यो।

पिटर मात्र होइन बालयौन दुराचार सम्बन्धि अन्य ५ वटा ‘रेड’ समेत डिएसपी कटवालकै नेतृत्वमा भएको थियो। ती घटनामा ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : २४ बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व हुनेछ : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन