प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाबारे छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै रोष्ट्रम घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीका विभिन्न ३ वटा घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले सत्य तथ्य छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

सभामुखले समिति गठनबारे दलहरुबीच सल्लाह गर्नुपर्ने भन्दै बैठक संञ्चालन गर्न पटक पटक अनुरोध गरेपनि सांसदहरुले वेल घेराउ गर्दे ‘संसदीय समिति गठन गर’ भन्ने नाराबाजी गरिरहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । सभामुखले संसदमा भएका पार्टीहरुसंग आवश्यक परामर्श गर्न दिनुहोस् त्यसका निम्ति केही समय चाहियो भन्दै पटक पटक आसन ग्रहणका लागि अनुरोध गर्नुभएको थियो ।

तर कांग्रेस र राजपाका सांसदहरुले तत्काल समिति गठन हुनुपर्ने माग गरेका थिए । कांग्रेस र राजपा सांसदहरुको विरोधका कारण १ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । विरोधकाबीच सत्तारुढ दलका सांसद खगराज अधिकारीले प्रतिपक्षी दलले संविधान र नियमावलीलाई उलंघन गरेको भन्दै नियमापत्ति जनाउनुभएको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : ४४ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ