२०१९ को सबैभन्दा हिट फिल्म बन्ला शाहिद कपूरको ‘कबीर सिंह’ ? « Khabarhub

२०१९ को सबैभन्दा हिट फिल्म बन्ला शाहिद कपूरको ‘कबीर सिंह’ ?


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – शाहिद कपूर अभिनित फिल्म ‘कबीर सिंह’ ले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । यो फिल्म अब ‘सिम्बा’ को टोटल कमाइभन्दा पनि अगाडि लागेको छ । साथै फिल्म सन् २०१९ मा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड कायम गर्ने तरखरमा छ ।

फिल्मले आजसम्म बक्स अफिसमा २ सय ३९ करोड ९७ लाख कमाइ गरिसकेको छ । र फिल्मको व्यापार निरन्तर रुपमा बढिरहेको छ ।

कबीर सिंहले पहिलो सप्ताहमा १ सय ३४ करोड कमाएको थियो । यस्तै दोस्रो सप्ताहमा ७८ करोड बढी कमाइ गरेको थियो । यो फिल्म शाहिद कपूरको करिअरको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । फिल्मले कमाइका हिसाबले ‘उरी’ लाई पनि पछाडि पारेको छ ।

बलिउड फिल्मका पण्डितहरुले यो फिल्मलाई सन् २०१९ मा सबैभन्दा बढी कमाउने फिल्म बन्ने बताएका छन् । फिल्मको टोटल कमाइ गर्ला, त्यो त अब केही समयपछि थाहा हुनेछ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : ५५ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले