विषादी जाँचको माग गर्दै नेविसंघले आज पनि गर्‍यो प्रदर्शन « Khabarhub

विषादी जाँचको माग गर्दै नेविसंघले आज पनि गर्‍यो प्रदर्शन


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गर्दै आज पनि प्रदर्शन गरेको छ ।

विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै नेविसङ्घले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।

नेविसङ्घका दीपक भट्टराईले विदेशीलाई खुशी बनाउनका लागि नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने बताए । ‘विषादी तरकारी र फलफूल जाँच नगरी ल्याएर सरकारले जनताको आयु घटाउन खोजेको छ’, उनले भने ।

कल्पना खड्का, आरसी भट्टराई, सुनिता पोखरेल, मनोज वैद्य, लिलाबल्लभ दाहाल ‘काका’लगायत विद्यार्थी नेताले भारतबाट निर्यात हुने तरकारी तथा फलफूलमा विषादी हालेको पाइए पनि सरकारले बिनाजाँच आयात गर्न दिएर जनस्वास्थ्यमाथि खेलबाड गरेकाले तत्काल उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : ३७ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण