इन्जिनियर र नायव सुब्बा २९ हजार घुससहित पक्राउ | Khabarhub Khabarhub

इन्जिनियर र नायव सुब्बा २९ हजार घुससहित पक्राउ


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको पचरौता नगरपालिकाका २ जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नगरपालिकाका इन्जिनिय रायप्रकाश सतरा र नायब सुब्बा बद्रीबहादुर थापा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हटौंडास्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घुससहित पक्राउ परेको हो ।

अख्तियारका अनुसार इन्जिनियर सतराले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भएको प्रतिवेदनमा हस्ताक्षर गर्नका लागि ठेकेदार कम्पनीबाट १५ हजार रुपैयाँ घुस लिएका थिए ।

यस्तै नासु थापाले भने महिला सशक्तिकरणअन्तर्गतको बजेटमा कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न १४ हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियारले दुवै जनालाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : ५२ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना