काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा कमजोर प्रदर्शन गर्दै बंगलादेश लिग चरणबाटै घर फर्किएपछि टोलीका प्रशिक्षकले पदबाट राजिनामा दिएका छन् ।
बंगलादेश लिग चरणबाटै बाहिरिएपछि कार्यकालको एक वर्षको समय बाँकी रहेपनि प्रशिक्षक स्टिभ रोड्स प्रशिक्षकको जिम्मेबारीबाट बाहिरिएका हुन् । २ वर्षको सम्झौतामा बंगलादेश क्रिकेट कोर्डको प्रशिक्षक भएका रोड्सको एक वर्षको कार्यकाली बाँकी रहँदै बंगलादेशले उनलाई टोलीको जिम्मेवारीबाट हटाएको जनाइएको छ ।
सन् २०१८ जुलाईमा प्रशिक्षकको जिम्मेवारी पाएका रोड्सलाई सन् २०२० को ट्वान्टी – २० विश्वकपसम्म टोलीको नेतृत्व गर्ने जिम्मा यसअघि दिइएको थियो । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा सोचे अनुरुपको प्रदर्शन पस्किन नसकेपछि दुवै पक्षबीचको सहमतिमा सम्झौता रद्द गरेको बताइएको छ ।
प्रतिक्रिया