अमेरिकी डलरसहित विमानस्थलबाट एक जना पक्राउ « Khabarhub

अमेरिकी डलरसहित विमानस्थलबाट एक जना पक्राउ


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैधरुपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हङकङ जन्मस्थान भई मोरङ मृगौलिया ठेगाना भएका ३९ वर्षीय पासाङ याल्मो तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट हङकङ जान लागेका तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा सुटकेश र हातेझोलामा लुकाई राखेको अमेरिकी डलर २९ हजार ९५० र ३७० हङकङ डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तामाङलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ । उनीहरुका विषयमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

यसैबीच, काठमाडौँको कलङ्कीबाट ललितपुर बालकुमारीतर्फ जाने क्रममा बा४ख ८६४८ नम्बरको बसमा सवार प्रविणकुमार शाहको रु ५० हजार लुटपाट भएको छ ।

अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको नगद लुटी फरार भएका प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त बस र चालकलाई गोङ्गबुबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : ४५ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको