नेयमारलाई पीएसजीको कारबाही « Khabarhub

नेयमारलाई पीएसजीको कारबाही


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिल तथा पेरीस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारलाई क्लबले कारबाही गरेको छ । उनी जुलाई ८ देखि शुरु भएको क्लबको अभ्यासमा सहभागी नभएपछि उनलाई सचेत गर्न पीएसजीले चेतावनी स्वरुप कारबाही गरेको हो ।

सोमबार क्लबले यो सिजनको अभ्यास खेल शुरु गर्दा बिना कुनै सूचना अभ्यासमा सहभागी नभएपछि पीएसजीले उनलाई कारबाही गरेको हो ।

पछिल्लो समय नेयमारलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा विभिन्न खाले समाचारहरु आइरहँदा क्लबले उनीमाथि देखाएको आक्रोशले नेयमार र क्लबबीचको सम्बन्धलाई चित्रण गरेको फुटबल पण्डितहरुको आँकलन छ ।

यो बीचमा सरुवा बजार चलिरहँदा नेयमार पूर्व क्लब बार्सिलोना फर्किन तयार रहेको हल्ला समेत चलिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ५५ बजे

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न