घुस लिएको अभियोगमा सहायक वन अधिकृत साहविरुद्ध विशेष अदालतमा मुद्दा « Khabarhub

घुस लिएको अभियोगमा सहायक वन अधिकृत साहविरुद्ध विशेष अदालतमा मुद्दा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत रामाज्ञाप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार स्थानीय देउराली सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजना दर्ता स्वीकृत गरिदिएबापत रु २० हजार घूस लिएको भन्ने आरोप लागेको छ । आयोग प्रवक्ता प्रदीपकुमार यादवका अनुसार आरोपी साहविरुद्ध बिगो असुल गरी कैद सजायको माग गरिएको छ ।

यस्तै आयोगले बारा जिल्ला पचरौता नगरपालिकाका इञ्जिनीयर रामप्रकाश सतरासमेत तीन जनालाई आज घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।

स्थानीय एक विद्यालयको कम्पाउण्ड बाल निर्माण सम्पन्न भएपश्चात् भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घूस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय हेटौँडाबाट गएको टोलीले कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

आयोगले इञ्जिनीयर रामप्रकश सतरा, कार्यालय सहयोगी ध्रुव महत्तो र बद्रबहादुर थापालाई पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोग लागेको छ ।

यस्तै आयोगले मंगलबार नै माडी–लुङ्ग्री करिडोर सिँचाइ आयोजना रोल्पाका कार्यरत इञ्जिनीयर तारा श्रेष्ठ र डिई उग्रनाथ झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले एक योजनाको अन्तिम बिल भुक्तानी गर्दा रु एक लाख घूस माग गरेको आरोप लागेको छ । आयोगले उनीहरुलाई घूस लिँदै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै हतुवागढी गाउँपालिका भोजपुरमा कार्यरत सब इञ्जिनीयर नइन्द्र पारुहाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माण, स्तरोन्नति र पोखरी निर्माण कार्यको मूल्याङ्कन बिल बनाइदिने प्रयोजनका लागि रु २० हजार घूस लिएको अभियोग लागेको छ ।

आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको मुद्दा मिलाइदिने बहानामा रु ७० हजार घूस माग गरेको अभियोग लागेको छ । आरोपी प्रहरी निरीक्षक साहविरुद्ध कैद र बिगोबमोजिमको जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : ०० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी