मेस्सी र रोनाल्डोलाई जित्लान मानेले ? « Khabarhub

मेस्सी र रोनाल्डोलाई जित्लान मानेले ?


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राइकर अवार्डमा मेस्सी र रोनाल्डो दुवै परेका छन् । तर, उनीहरुलाई टक्कर दिने अर्का खेलाडी पनि लिस्टमा अँटेका छन् । मेस्सी र रोनाल्डोलाई टक्कर दिने अर्का स्टार हुन लिभरपुलका साडियो माने ।

युरोपियन फुटबल महासंघ (युएईएफए) ले बिहीबार साँझ सार्वजनिक गरेको च्याम्पियन्स लिगको मनोनयनमा लिभरपुलका साडियो माने, मेस्सी र रोनाल्डोसँगै स्ट्राइकरको उपाधिका दावेदारमा देखिएका हुन् ।

लिभरपुलका स्टार साडियो माने

धेरैका लागि यो खबरले झस्काउन सक्छ । तर, यो सिजनको रेकर्ड हेर्दा त्यस्तो नलाग्न सक्छ । किनभने, च्याम्पियन लिगमा सुपर स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको भन्दा उत्कृष्ट रेडर्क छ, साडियो मानेको । यो सिजनमा लिभरपुलका लागि १४ गोल गरेका सेनेगलका खेलाडी मानेले अघिल्लो सिजनमा १० गोल गरेका थिए ।

च्याम्पियन लिगमा मानेले औसत ९५ मिनेटमा गोल गरेका छन् । यो रेकर्ड मेस्सी र रोनाल्डोको रेकर्ड भन्दा बढी हो । जबकी रोनाल्डोको रेकर्ड १०७ मिनेट र मेस्सीको रेकर्ड १२७ मिनेटमा एक गोल रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : २३ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग