इमरानले भने, ‘के भारतमाथि आक्रमण गरिदिउँ ?’ « Khabarhub

इमरानले भने, ‘के भारतमाथि आक्रमण गरिदिउँ ?’


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जम्मू–कश्मीरमाथिको भारतीय कदमको पाकिस्तानमा चर्को विरोध भइरहेको छ ।

गत सोमबार भारतीय संविधानको धारा ३७० खारेज गर्दै जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने भारत सरकारको निर्णय लगत्तै यस विषयमा आफ्नो रणनीति तय गर्न पाकिस्तानले संसदको संयुक्त सत्र बोलाएको थियो ।

बैठकमा विपक्षी सांसदहरुको प्रश्नको जवाफ दिँदै गर्दा प्रधानमन्त्री इमरानले भने, ‘तपाईहरु नै भन्नुस् कि हामीले कस्तो कदम उठाउनुपर्छ ? आखिर मैले कुनै कदम उठाएको छैन ।’

इमरानले अगाडि भने ‘हामीले संयुक्त राष्ट्रसंघलाई पनि भनेका छौं । हामीले इस्लामिक सहयोग संगठनसँग पनि कुरा गरेका छौं । कुन चीज छ जुन मैले गरेको छैन । हामी के भारतमाथि आक्रमण गरिदिउँ ?’

पाकिस्तानी प्रधानमन्त्री इमरानले कश्मीरमा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताव कार्यान्यन नगरे स्थिति अझै भयावह हुन सक्ने समेत बताएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया