कश्मीर तनावः पाकिस्तानले तयारी अवस्थामा रहन सेनालाई दियो निर्देशन « Khabarhub

कश्मीर तनावः पाकिस्तानले तयारी अवस्थामा रहन सेनालाई दियो निर्देशन


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतले जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने निर्णयपछि पाकिस्तानीले पनि कडा कदम चाल्ने संकेत देखाएको छ ।

तनाव बढ्दै गर्दा पाकिस्तानले दुई भारतीय कुटनीतिज्ञलाई निकाला गरिसकेको छ पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्चायुक्त (राजदूत) अजय बासरियालाइ उसले निकाला गरेको हो ।

यसअघि पाकिस्तानका राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँग कुटनीतिक सम्बन्धलाई घटाउने निर्णय गरेको थियो । पाकिस्तानले भारतका लागि आफ्ना नवनियुक्त राजदूतलाई पनि दिल्ली नपठाउने निर्णय गरेको छ ।

त्यस्तै पाकिस्तानले आफ्ना सेनालाइ जुनसुकै परिस्थिति सामना गर्नेगरी तैनाथ रहन समेत निर्देशन दिएको छ ।

प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकमा पाकिस्तानका विदेशमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, सेना प्रमुख, खुफिया एजेन्सीका प्रमुखहरूको सहभागिता रहेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री खानले जम्मू–कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताइसकेका छन् । उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत लैजाने र प्रतिवाद गर्ने बताएका छन् ।

यसअघि पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो । त्यतिवेला भारत–पाकिस्ताबीच युद्धको स्थिति थियो । पछिल्लो समयमा २००१ मा भारतीय संसदमा भएको आक्रमणपछि पनि दुवै देशका कुटनीतिक सम्बन्धमा तनाव यथावत छ ।

हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुबै देशले शासन गर्दै आएका छन् । जम्मु कश्मिरको तनावालाई लिएर दुई देशबीच युद्धको अवस्था देखिएको विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया