बफादार कुकुर ! जसले मालिकको ज्यान बचाउन प्राण त्याग्यो « Khabarhub

बफादार कुकुर ! जसले मालिकको ज्यान बचाउन प्राण त्याग्यो


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुकुर निकै वफादार जनावर हो । सुघ्ने क्षमता उच्च भएका कारण विभिन्न आप–राधिक क्रियाकलापको अनुसन्धान गर्ने क्रममा समेत कुकुरको प्रयोग गरिन्छ । घरको सुरक्षाका लागि कैयौंले कुकुर पाल्ने गर्छन् ।

घरको सुरक्षामात्र होइन कुकुरले घरमा परिवारका सदस्यको पनि उत्तिकै हेरचाह र सुरक्षा गर्छ भन्ने कुरा हालै भारतमा घटेको एउटा घटना गतिलो उदाहरण बनेको छ ।

बिहारमा एक वफादार कुकुरले आफ्नो ज्यान दिएर मालिक र उनको परिवारलाई बचाएको हो । कुकुरले आफ्नो मालिकलाई टोक्नै लागेको विषालु सर्पलाईसमेत मारेको छ । कुकुर र सर्पबीचको लडाईमा दुवै मरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

निजामतपुर गाउँमा भएको घटनाअनुसार घरमा राती अचानक सर्प छिर्न खोजेपछि कुकुरले आफ्नो ज्यान दिएर भएपनि सर्पलाई टोकेरै मारेको थियो । जब बिहान भयो यो घटनाबारे घरका सबै सदस्यले थाहा पाए ।

आँगनमा कुकुर र सर्प मरेको दृश्य अहिले भारतमा सामाजिक सञ्जालमा भाइरल बनेको छ । मालिकप्रति कुकुरले देखाएका बफादारीका कारण ती व्यक्तिले कुकुरको श्रद्धाका साथ अन्तेष्टी समेत गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : ५८ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी