रंगशाला पुनर्निर्माण नहुँदा साग सञ्चालन हुनेमा शंका | Khabarhub Khabarhub

रंगशाला पुनर्निर्माण नहुँदा साग सञ्चालन हुनेमा शंका



काठमाडौं–कुनै समय खेलाडीले गुञ्जयमान बन्ने नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला ‘दशरथ रंगशाला’ मा यतिबेला इट्टा, गिट्टी र सरीया कुटेको आवाज मात्रै सुनिन्छ । पुनर्निर्माणको काम जारी रहेकाले सीमित मानिसहरुका लागि मात्रै रंगशाला खुल्ला छ ।

रंगशालाले अब नयाँ स्वरुप लिने राखेपको दाबी रहेपनि गेटमा पुगेर हेर्दा जो कोहीले विरक्त मान्छन् । कारण गेटमा लेखिएको ‘दशरथ रंगशाला’ पनि फिक्का देखिन्छ । यो दृश्यले गेटबाटै खेलाडीले महशुस गर्नुपर्ने तन्दुरुस्तीलाई शिथिल बनाउने गरेको छ ।

२०७२ वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनाएको रंगशाला पुनर्निर्माणको काम ढिलो भएकाले पनि यतिबेला रंगशालाको स्वरुपले गति लिन नसक्दा कहिले पुनर्निर्माणको काम सम्पन्न होला भन्ने प्रश्न खेलाडीको मात्र होइन आम नेपालीको मन–मनमा उब्जिन्छ ।

पुनर्निर्माण समयमै नहुँदा पछिल्लो ४ वर्षको अवधिमा रंगशाला सुनसान रह्यो । खेल हुने छाँट त थिएन नै पूननिर्माणको कामले समेत गति पाउन सकेन ।

खेलाडीका लागि मैदान सधै घरजस्तै हुने गर्छ तर, अहिले नेपाली फुटबलरका लागि रंगशाला हिन्दी फिल्मको डाइलग ‘दुर के रिस्तेदार’ भने जस्तै भएको छ ।

नेपालको शाख कै रुपमा रहेको अन्तर्राष्ट्रिय रंगशाला भएकाले पनि समयमै काम सक्नु पर्ने थियो तर, भएन । अहिले निर्माण गरिरहेको कम्पनीले आगामी कात्तिक १५ गतेभित्र काम सम्पन्न गर्ने बताएपनि अहिलेकै अवस्थामा काम हुँदा निर्माण सम्पन्न हुन्छ भनेर विश्वस्त हुने आधार छैन् ।

गेटभित्रको भताभुंग दृश्य

पुनर्निर्माणका क्रममा तयार पारिएका भौतिक सामग्री असरल्ल राखिएका कारण पनि रंगशाला भताभुंग अवस्थामा देखिन्छ । व्यवस्थित रंगशाला देखेका दर्शक तथा खेलाडी पनि अहिले निर्माणाधीन अवस्थामा रहेको रंगशाला देख्दा दुःख लाग्ने बताउँछन् ।

मैदानको गेटबाट भित्र हेर्दा टिनले मैदान जानेबाटो छेकेको छ । त्यो भन्दा अगाडि गेटको भित्रपट्टी बाँया किनारामा फोहोरको थुप्रो छ । बाइक पार्क गरिएको र अगाडि ठिङ्ग उभ्याइएको सहिद दशरथ चन्दको शालिक भएपनि त्यो व्यवस्थित छैन । धुलो र मैलोले दशरथप्रतिको सम्मान मै ठेस लाग्ने जस्तो देखिन्छ ।

पुनर्निर्माणमा किन ढिलाई ?

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएको रंगशालाको पुनर्निर्माण कसरी गर्ने भन्ने विषयमा सहमति नजुट्दा निर्माणको कामले गति लिन सकेन । पछि रंगशालालाई पुरै भत्काएर शुरुदेखि निर्माण गर्ने वा रेक्ट्रोफिटिङ गरेर अगाडि बढ्ने भन्ने विषयमा निक्कै बहस भयो । लामो बहसपछि भूकम्पको क्षति धेरै नभएको भन्दै रंगशालालाई रेक्ट्रो फिटिङ गर्ने सहमति जुट्यो ।

लामो समयदेखि कुरुप भएको रंगशालाको भित्रि भाग अहिले रंगिन भइसकेको छ । यद्यपी ४ बर्ष वितिसक्दा पनि देशको एकमात्रै रंगशालाको पुन निर्माण भइसकेको छैन ।तर, यतिबेला रंगशालाको कामले तिव्रता भने पक्कै पाएको छ ।

यही रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना हुँदैछ । पछिल्लो तालिका अनुसार मंसिर १५ गते नै दशरथ रंगशालामा १३ औं सागको उद्घाटन हुनेछ । त्यसैले पनि चाँडो निर्माण सम्पन्न गर्न राखेपलगायतलाई तीव्र दबाब छ । पुनर्निर्माणको सम्पूर्ण काम असार अन्तिममा सकाएर दशरथ रंगशालालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष बुझाउने भनिए पनि काम समयमा नसकिँदा चिनियाँ कम्पनीले रंगशाला कार्तिक १५ मा हस्तान्तरण गर्ने गरी मिति सारेको छ । राखेपको सदस्य सचिवमा नियुक्त भएपछि रमेशकुमार सिलवालले रंगशाला जतिसक्दो छिटो हस्तान्तरण गर्ने बारे कुरा भएपनि त्यो ठेक्का दिँदा गरिएको सम्झौताले त्यसमा असर गरेको बताएका छन् ।

‘हामीले रंगशाला जतिसक्दो छिटो हस्तान्तरण गर्ने बारे चिनियाँ कम्पनीसँग कुराकानी गरेका छौं । तर, सम्झौतामै सम्पूर्ण काम नसकिकन रंगशालामा अन्य कुनै काम गर्न नपाउने भन्ने उल्लेख भएकाले नै निर्माण भइरहँदा हामीले त्यहाँ अरु काम गर्न पाउने अवस्था छैन्,’ राखेप सदस्यसचिव सिलवालले भने,‘तर, पनि हामी समयमै काम सकाउने गरी आन्तरिक रुपमा छलफल गरेर अघि बढिरहेका छौं।’

विश्वकप छनौटको खेलमा असर

रंगशाला निर्माणमा भएको ढिलाईले फिफा विश्वकप २०२२ छनोटको एसियाली दोस्रो चरणको पहिलो ‘होम गेम’ कुवेतसँग नेपालले घरेलु मैदानमा खेल्नु पर्ने थियो । तर, रंगशाला तयार नभएपछि नेपालले कुवेतकै मैदानमा होम एण्ड अवे’ दुवै खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्णय गरिसकेको छ ।

राखेप निर्माण शाखा प्रमुख अरुण उपाध्यायका अनुसार अहिलेसम्म रंगशालाको ९० प्रतिशत काम सकिएको छ । १० प्रतिशत काममात्रै बाँकी छ । तर,१० प्रशितक काम सकिन अब अझै ३ महिना लाग्ने अवस्था छ । रंगशालाको भिआईपी प्याराभिटमा छाना राख्ने, जनरल प्याराफिटमा कुर्सी राख्ने, मैदान बनाउनेलगायतका काम बाँकी छन् । त्यस्तै फ्लडलाइट, स्क्रिन कोर्ड, मैदान वरिपरीको ट्रयाक बनाउने काम सक्न बाँकी छ ।

लामो समयसम्म बन्द रहेको रंगशाला खेलाडीका लागि बिरानो बनिसकेको छ । कतिपय खेलाडीले त रंगशालामा अहिलेसम्म अन्तर्रष्ट्रिय प्रतियोगिता समेत खेल्न पाएका छैनन् । राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन रंगशाला बन्नमा भएको ढिलाई प्रति चिन्ता व्यक्त गर्छन् ।

उनी भन्छन्, ‘दशरथ रंगशालामा खेलाडीहरुले अभ्यास गर्न नपाउँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु परे मैदानमा खेल्न असह हुन्छ ।’ रंगशाला नबन्दा अभ्यास नै प्रभावित हुने गरेको उनको अनुभव छ ।

सागको अभ्यासमा रहेको यु–२३ टोलीका प्रशिक्षकले पनि नेचुरल मैदानमा अभ्यास गर्न पाउनु पर्ने माग गरेका छन् । यद्यपी अहिले रंगशालमा अभ्यास गर्न मिल्ने वातावरण नै छैन् । मैदानमा २–३ फिटको घाँस उर्मिएको छ । त्यसलाई व्यवस्थित बनाएर काट्न सकिएको छैन् ।

केही समय अगाडि खबरहबसँग बोल्दै एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्तिक १५ गते रंगशाला राखेपलाई हस्तान्तरण गर्दा मैदान १ महिनामा तयार हुन नसक्ने बताएका थिए ।

दैनिक हजारौं मानिसहरुको आवत–जावत हुने त्रिपुरेश्वर क्षेत्रमा दशरथ रंगशालाले पनि गिज्याइ रहेको छ । तर, देशको खेलकुदका पूवाधार निर्माणको मुख्य जिमेवार निकाय राखेपलाई भने गिज्याएको महसुस हुन नसक्दा अहिलेसम्म रंगशाला निर्माण हुन सकेको छैन् ।

रंगशालाकै किनारमा सदस्य सचिवको सचिवालय रहेपनि निवर्तमान सदस्य सचिव केशवकुमार बिष्टले आफ्नो कार्यकालमा रंगशालाको काम अधुरै छाडेर गए । यद्यपी उनले आफ्नो ४ बर्षे कार्यकाललाई स्वर्णकाल भन्दै सार्वजनिक मन्तव्य दिएका थिए ।

नयाँ नवनियुक्त सदस्य सचिवले भने आफुले सोचे अनुरुप पूर्वाधार नबनेको भन्दै अहिले सागका लागि पूर्वाधर मुख्य चुनौनी बनेको बताउँदै आएका छन् । सागको उद्घाटन स्थल दशरथ रंगशाला समयमा सम्पन्न हुनसके मात्र १३ औं साग तोकिएकै मितिमा हुनेछ । यदी त्यसो भएन भने सागको मिति फेरि सार्नुपर्ने अवस्था आउनेछ ।

३ पटकसम्म मिति परिवर्तन गरिएको साग अब पनि सञ्चालन गर्न नसके नेपालले आयोजना गर्न नसक्ने ठहरिनेछ र आयोजकबाट पछि हट्नुपर्ने हुन्छ । त्यो नेपालकै प्रतिष्ठामा आँच पुर्‍याउने घटना हुनेछ । त्यसैले दशरथ रंगशालालाई समयमै निर्माण सम्पन्न गराउने गरी पूर्वाधार निर्माणमा जुट्न आवश्यक छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ९ : ३७ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी