उदाहरणीय जनप्रतिनिधि– जसले आफ्नो तलबभत्ता सामाजिक कार्यमा लगाए « Khabarhub

उदाहरणीय जनप्रतिनिधि– जसले आफ्नो तलबभत्ता सामाजिक कार्यमा लगाए


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– जनप्रतिनिधिहरु सुविधाभोगी भन्दै आलोचना भइरहेका बेला कास्कीका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएका छन् ।

कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५/७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको १ लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास निर्माणमा लगानी गरेका छन् ।

पोखरा–१७ स्थित प्रगतिटोलमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले बानियाँले उपलब्ध गराएको ११ हजार ४०० बराबरको एक बण्डल जस्तापाता मैना विकलाई हस्तान्तरण गरे ।

कार्यक्रममा पोखरा–१५ सिद्ध मावि अक्षयकोष स्थापनार्थ १२ हजार ५००, स्यानीपाटन बहुउद्देश्यीय भवन बनाउन २१ हजार ६००, गण्डकी रिभर साइड युवा क्लबको बहुउद्देश्यीय भवन निर्माणका लागि १ हजार ४०० वितरण गरेको बानियाँले जानकारी दिए ।

त्यसैगरी पोखरा–२१ स्थित जनचेतना माविका विपन्न एवं जेहेन्दार १४ छात्रछात्रालाई जनही ५ हजारका दरले ७० हजार र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखरालाई २५ हजार वितरण गरेको उनले बताए । पोखरा महानगरपालिका–१५ बाट निर्वाचित बानियाँका अनुसार निर्वाचनका अवसरमा जनतासमक्ष गरेका प्रतिबद्धताअनुसार नै विकास निर्माणमा जुटेको बताउँदै देखिने गरी परिणाम आउन समय लाग्ने बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ११ : ४४ बजे

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई