वैदेशिक रोजगार पीडितले दिएका पुराना उजुरीको तीव्र सुनुवाई हुने « Khabarhub

वैदेशिक रोजगार पीडितले दिएका पुराना उजुरीको तीव्र सुनुवाई हुने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पछिल्लो समय वैदेशिक रोजगार विभागले रोजगारीपीडितका उजुरीहरुको सुनुवाई गर्नमा तीव्रता दिइएको जनाएको छ । पीडितहरुले छिटोभन्दा छिटो न्याय पाउने गरी क्रमिक रुपमा पुराना उजुरीहरुको सुनुवाईलाई तीव्रता दिइएकाे विभागले जनाएकाे छ ।

पुराना उजुरीहरुका सम्बन्धमा फाइल अध्ययन गरेर पीडितलाई सम्पर्क गर्ने आग्रह गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिएका छन् । सात सय ४ वटा उजुरीहरुको छानवीन गरी यो सूचना प्रकाशित गरेको उनले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीको लागि विभिन्न इजाजत प्राप्त संस्था (म्यानपावर) मार्फत गएका तर करार वमोजिम काम, सेवा सुविधा नपाएको भनि विभागमा उजुरी दर्ता गरेका निवेदकहरुलाई विभागमा सम्पर्क गर्न भनिएको महानिर्देशक भुसालले बताए ।

लामो समयसम्म पनि सम्पर्क नभएका र संस्थाबाट सूचना लगायतका विभिन्न प्रयासबाट सम्पर्कमा नआएका उजुरीकर्ताहरुको नामावलीसिहत सूची विभागको वेभसाइटमा पनि राखिएको विभागले जनाएको छ ।

सूचीमा उल्लेखित उजुरीकर्ताले आवश्यक प्रमाणसहित आफ्नो गुनासो सम्बोधनको लागि विभागमा सम्पर्क गरेमा सो छानबिन गरी आवश्यक निर्णय गरी क्षतिपूर्ति दिलाईने विभागले जानकारी गराएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ११ : ५७ बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि