वैदेशिक रोजगार पीडितले दिएका पुराना उजुरीको तीव्र सुनुवाई हुने « Khabarhub

वैदेशिक रोजगार पीडितले दिएका पुराना उजुरीको तीव्र सुनुवाई हुने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पछिल्लो समय वैदेशिक रोजगार विभागले रोजगारीपीडितका उजुरीहरुको सुनुवाई गर्नमा तीव्रता दिइएको जनाएको छ । पीडितहरुले छिटोभन्दा छिटो न्याय पाउने गरी क्रमिक रुपमा पुराना उजुरीहरुको सुनुवाईलाई तीव्रता दिइएकाे विभागले जनाएकाे छ ।

पुराना उजुरीहरुका सम्बन्धमा फाइल अध्ययन गरेर पीडितलाई सम्पर्क गर्ने आग्रह गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिएका छन् । सात सय ४ वटा उजुरीहरुको छानवीन गरी यो सूचना प्रकाशित गरेको उनले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीको लागि विभिन्न इजाजत प्राप्त संस्था (म्यानपावर) मार्फत गएका तर करार वमोजिम काम, सेवा सुविधा नपाएको भनि विभागमा उजुरी दर्ता गरेका निवेदकहरुलाई विभागमा सम्पर्क गर्न भनिएको महानिर्देशक भुसालले बताए ।

लामो समयसम्म पनि सम्पर्क नभएका र संस्थाबाट सूचना लगायतका विभिन्न प्रयासबाट सम्पर्कमा नआएका उजुरीकर्ताहरुको नामावलीसिहत सूची विभागको वेभसाइटमा पनि राखिएको विभागले जनाएको छ ।

सूचीमा उल्लेखित उजुरीकर्ताले आवश्यक प्रमाणसहित आफ्नो गुनासो सम्बोधनको लागि विभागमा सम्पर्क गरेमा सो छानबिन गरी आवश्यक निर्णय गरी क्षतिपूर्ति दिलाईने विभागले जानकारी गराएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ११ : ५७ बजे

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार