फिफा विश्वकप छनोट अन्तर्गत सेप्टेम्बर ५ को खेल कुवेतमा हुने | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट अन्तर्गत सेप्टेम्बर ५ को खेल कुवेतमा हुने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट फुटबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । नेपालले पहिलो ‘होम गेम’ कुवेतसँग उसैको घरेलु मैदानमा खेल्न अखिल नेपाल फुटबल संघ एन्फाले पक्का गरेको हो ।

सेप्टे्म्बर ५ मा नेपालमा हुने भनिएको होम गेम कुवेतमा खेल्ने र कुवेतको होम गेम रंगशाला निर्माण हुन सके नेपालमा नभए न्युट्रल भेन्यु खोजेर भएपनि दोस्रो खेल आफुहरुले आयोजना गर्ने बताएका छन् ।

नेपाल र कुवेतबीचको दोस्रो खेल १९ नोभेम्बरमा नेपालको दशरथ रंगशाला निर्माण हुन सकेको खण्डमा नेपालमै हुने एन्फाले जनाएको छ ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अस्ट्रेलिया, चाईनिज ताइपेई, जोर्डन र कुवेत रहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : १९ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका