प्रदीपको ‘प्रेम गीत ३’ मा भयो यी कलाकारको इन्ट्री « Khabarhub

प्रदीपको ‘प्रेम गीत ३’ मा भयो यी कलाकारको इन्ट्री


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘प्रेम गीत ३’ को मुख्य कलाकार चयन कार्य सकिएको निर्माण टिमले जनाएको छ । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रका लागि मुख्य कलाकार छनोट कार्य सकिएको जानकारी दिए ।

प्रदीप खड्का, मनिष राउत, क्रिष्टिना गुरुङ लगायतको शीर्ष भूमिका रहने यो फिल्ममा शिव श्रेष्ठ, सुनील थापा, पुष्कर कार्की, सन्तोष सेन र प्रेम पुरीले अभिनय गर्ने फाइनल भइसकेको थियो ।

अब भने अन्य कलाकार पनि छनोट भइसकेको निर्माण टिमले जनायो । निर्माता सेनका अनुसार फिल्ममा लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणाको पनि अभिनय रहनेछ ।

फिल्म युनिटले चलचित्रमा नायिकाको खोजी अडिसन लिएर गरेको थियो । अडिसनबाट क्रिष्टिना गुरुङ छानिएकी थिइन् । प्रेमकथामा आधारित यो फिल्म औपचारिक घोषणा नहुँदै चर्चामा छ ।

रोमान्टिक सिरिज भनिएको यो फिल्ममा छेतेङ गुरुङ र मन्दिप गौतमको कथा छ भने निर्देशन छेतेन र निर्माता सन्तोष सेनले गर्नेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : ०६ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्