रोट्याग एगर्नविरुद्ध बार्यनको २३ गोल « Khabarhub

रोट्याग एगर्नविरुद्ध बार्यनको २३ गोल


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनको लिग वान क्लब बायर्न म्युनिखले प्रि–सिजनको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एफसी रोट्याग एगर्नमाथि गोलको बर्षा गरेको छ । बायर्नले रोट्याग एगर्नलाई बिहीबार राति भएको खेलमा २३–० गोल अन्तरले पराजित गरेको हो ।

रोट्यागविरुद्ध बार्यनले जीत हात पार्दा पाँच खेलाडीले ह्याट्रिक पूरा गरे । खेलको छैठौँ मिनेटमा रेनाटो सान्चेजको गोलबाट अग्रता बनाएको बायर्नले त्यसपछि लगातार गोल गर्दै जाँदा पहिलो हाफमा ११ गोल गरेको थियो भने दोस्रो हाफमा बायर्नले १२ गोल गर्दै रोट्यागविरुद्ध शानदार जीत हात पार्यो ।

बार्यनका लागि रोबर्ट लेवान्डोस्की, थोमस मुलर, वेकएरे वेरिड र लियोन गोर्तेज्काले ह्याट्रिक गरे। टोलिसोले चार गोल गरे। यस्तै सान्चेजले दुई, लियोन डाजाकुले एक, सरप्रित सिंहले एक र नोलेनबर्गरले एक गोल गरे। ७३ औँ मिनेटमा एक गोल आत्मघाती भएको थियो।

म्युनिख नजिकैको क्लब रोट्याग एगर्न जर्मन चौथो डिभिजनको क्लब हो। यसअघि पनि बायर्नसँगैको मैत्रीपूर्ण खेलमा रोट्याग एगर्न २०–२ ले पराजित भएको थियो।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : २५ बजे

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक