नेपालगञ्ज–लखनउ बस सेवा सञ्चालन | Khabarhub Khabarhub

नेपालगञ्ज–लखनउ बस सेवा सञ्चालन


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बाँके– पहिलो पटक नेपालगञ्जबाट भारत उत्तरप्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा सञ्चालनमा आएको छ ।

भेरी यातायात प्रालि र उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौतापछि उक्त बस सेवा आइतबारबाट सञ्चालनमा आएको हो ।

हाललाई दैनिक दुई वातानुकूलित सुविधासहितका बस सञ्चालन गरिएको भेरी यातायातका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जदेखि लखनउसम्मको भाडादर रु ५०० तोकिएको छ ।

सिधा बस सेवाले बिरामीलगायत अन्यलाई सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले बस सेवा सञ्चालनको शुभारम्भ गरेका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ३९ बजे

मन्त्री शाहीद्वारा कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यान्वयन निर्देशन

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मातहतका विभागीय प्रमुखलाई कार्यसम्पादन

झरीमा रुझ्दै महानगरको कार्यालय पुगे कवाड व्यवसायी (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाको ज्यादती गरेको भन्दै कवाड व्यवसायीले आज बिहीबार

घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोको जोखिममा

भक्तपुर– भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोका

राजपत्राङ्कित विशिष्ट श्रेणीमा प्रतिनिधिसभाको व्यवस्था यथावत राखिने

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको

आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने