सीपीएलमा सन्दीपले १ ओभर बलिङ गरेर ५ रन खर्चिए « Khabarhub

सीपीएलमा सन्दीपले १ ओभर बलिङ गरेर ५ रन खर्चिए


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेवियन प्रिमियर लिगको पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार सुरुवात गरे ।

सिजनको सिपीएलको पहिलो खेलमा उनी मैदानमा उत्रिए पनि जम्मा एक ओभर मात्र बलिङ गरे । बार्बाडोसको प्लेइङ सेटमा नै परेका सन्दिपले एक ओभरमा ५ रन खर्चिए पनि उनलाई अर्को ओभरको मौका दिइएको थिएन ।

निकै कसिलो बलिङ गरेका उनेल पहिलो र दोस्रो बल डट फालेका थिए भने तेस्रो बलमा चौका दिए । फेरि चौथो बल डट फालेका उनले पाँचौ बलमा एक रन खर्चिए । छैटौं ओभर बलिङ गरेका सन्दीपले तुलनात्मक रुपमा उत्कृष्ट बलिङ गरेका हुन् ।

सन्दीपले कसिलो बलिङ गरे पनि पहिलो खेलमा सन्दीपको टोली र्बाबाडोस ट्रिडेन्सले हार ब्यहोर्‍यो । आज भएको खेलमा र्बाबाडोस गुयना एमेजोनसँग ४७ रनले पराजित भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको गुएनाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । उसका लागि हेमराजले ६३ रन बनाउदा निकोलस पुरनले ६१ तथा रुथरफोर्डले ३२ रन बनाए ।

१ सय ८१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको र्बाबाडोस १६ ओभर एक बलमा एक सय ३३ रनमै अलआउट भयो ।
बलिङ पनि पुरै ओभर गर्न नपाएका सन्दिपले ब्याटिङमा दुई बल फेस गर्दा शुन्य रनमा नै आउट भएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ६ : ०५ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने