दशैंको अग्रिम टिकट बुकिङ खुलाउँदै यातायात व्यवस्था विभाग « Khabarhub

दशैंको अग्रिम टिकट बुकिङ खुलाउँदै यातायात व्यवस्था विभाग


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले दशैंमा राजधानीबाट बाहिरिने यात्रुको चापलाई मध्यनजर गर्दै केही दिनभित्रै अग्रिम टिकट बुकिङ खुलाउने भएको छ ।

विभागले भदौ महिनाभित्रै राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरी अग्रिम बुकिङ खुला गर्न लागेको जानकारी दिएको हो ।

महासंघले भाडा समायोजन गर्नुपर्ने माग राखेपनि दशैअगाडि भाडा समायोजन नहुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, ‘दशै अगाडि भाडा समायोजन हुँदैन, भदौ महिनाभित्रै बसको अग्रिम टिकट विक्री खुलाउने प्रयास गरेका छौं ।’

दशैंको मुखमा टिकटको मूल्य बढाउँदा यात्रुलाई मार पर्ने हुँदा यो पटक त्यस्तो नगरिने उनको भनाइ छ। यसपटक यात्रुको सहजताका लागि राजधानीका १० भन्दा बढी ठाउँमा हेल्प डेस्क राखिने उनले बताए ।

विभागले भाडा समायोजन समिति बनाएको र समितिले दिएको सुझावका आधारमा भाडा निर्धारण गर्न सकिने उनले बताए। महासंघले पनि सरकारसँग छलफल भइरहेको र अग्रिम टिकट खुलाउने पहलमै आफू लागेको बताएको छ ।

भाडा समायोजन आफ्नो माग रहे पनि यसको अन्तिम निर्णय सरकारले गर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

‘भाडा वृद्धिका लागि हामीले कुनै बार्गेनिङ गरेका छैनौं,’ उनले भने, ‘प्रत्येक आर्थिक वर्षमा विभागसँग छलफल हुने गरेको छ, यो छलफल पनि त्यसैको निरन्तरता मात्रै हो।’

यस वर्षको दशैको टिका असोज २१ गते परेको छ । यस वर्ष असोज १२ गते (आइतबार) देखि नवरात्र शुरु हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापनाबाटै राजधानीबाट बाहिरिनेहरुको भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : ३१ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी