आजबाट काठमाडौंका सडकमा विद्युतीय बस | Khabarhub Khabarhub

आजबाट काठमाडौंका सडकमा विद्युतीय बस


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आउने भएको छ ।

नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको विद्युतीय बसको आज दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले उद्घाटन गर्नेछन् ।

विद्युतीय बस सेवाको उद्घाटनको कार्यक्रम दिउँसो १२ बजे नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको आयोजक सुन्दर यातायात प्रालिले जनाएको छ ।

चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको सुन्दर यातायातले जानकारी दिएको छ । सुन्दर यातायात प्रालिले थप ५ वटा ल्याउने प्रक्रियामा अघि बढाइएको जनाएको छ। सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ।

विद्युतीय बसलाई काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति दिइएको छ । यो वर्षभित्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाएको यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ। त्यसका लागि फास्ट चार्जिङ मेसिन ल्याइने छ। हाल कम्पनीको भत्केको पुलमा रहेको चार्जिङ स्टेसनमा २ घन्टामा फूल चार्ज हुने मेसिन जडान गरिसकेको छ ।

कम्पनीका अनुसार विद्युतीय बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत् भाडा तिर्न सक्नेछन्। यो प्रणाली हाल परीक्षणका क्रममा रहनेछ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : ५१ बजे

काठमाडौँमा बढ्दो वायु प्रदूषण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क

बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ

बारा- बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २

सुहाङलाई बधाई दिन इलाम पुगे एमाले अध्यक्ष ओली

विराटनगर – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी

नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा 

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले मनोवैज्ञानिक रेखा पार गरेको छ

श्रम सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम सम्बन्धी ऐन नियमहरू