आजबाट काठमाडौंका सडकमा विद्युतीय बस « Khabarhub

आजबाट काठमाडौंका सडकमा विद्युतीय बस


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आउने भएको छ ।

नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको विद्युतीय बसको आज दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले उद्घाटन गर्नेछन् ।

विद्युतीय बस सेवाको उद्घाटनको कार्यक्रम दिउँसो १२ बजे नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको आयोजक सुन्दर यातायात प्रालिले जनाएको छ ।

चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको सुन्दर यातायातले जानकारी दिएको छ । सुन्दर यातायात प्रालिले थप ५ वटा ल्याउने प्रक्रियामा अघि बढाइएको जनाएको छ। सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ।

विद्युतीय बसलाई काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति दिइएको छ । यो वर्षभित्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाएको यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ। त्यसका लागि फास्ट चार्जिङ मेसिन ल्याइने छ। हाल कम्पनीको भत्केको पुलमा रहेको चार्जिङ स्टेसनमा २ घन्टामा फूल चार्ज हुने मेसिन जडान गरिसकेको छ ।

कम्पनीका अनुसार विद्युतीय बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत् भाडा तिर्न सक्नेछन्। यो प्रणाली हाल परीक्षणका क्रममा रहनेछ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : ५१ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील