डेंगुबाट ६ जनाको मृत्यु, ५६ जिल्लाका ३ हजार ८ सय ९९ जना संक्रमित « Khabarhub

डेंगुबाट ६ जनाको मृत्यु, ५६ जिल्लाका ३ हजार ८ सय ९९ जना संक्रमित


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगुबाट ६ जनाको मृत्यु भएको र ५६ जिल्लाका ३ हजार ८ सय ९९ जनामा संक्रमण फैलिएको जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १-१ जना गरी ६ जनाको ज्यान गएको  छ ।

भदौ २२ गते आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ८३१ जना, प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा २०१० जना, गण्डकी प्रदेशमा ८९६ जना, प्रदेश ५ मा ९७ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूर पश्चिम प्रदेशमा २३ जना गरी मुलुकभर ३ हजार ८ सय ९९ जना संक्रमित भएको महाशाखाले जनाएको हो ।

महाशाखाको तथ्यांकअनुसार सवैभन्दा बढी प्रदेश ३ को चितवनमा १ हजार ३६ जना डेंगुबाट संक्रमित भएका छन् । त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७ सय १५ जना संक्रमित भएका छन् ।

यस्तो छ महाशाखाको तथ्यांक

 

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ८ : २४ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता