नेपालीले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकाको एक गुम्बामा राखिने | Khabarhub Khabarhub

नेपालीले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकाको एक गुम्बामा राखिने


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित एक गुम्बामा राखिने भएको छ ।
सानफ्रान्स्किोमा रहेको चर्चलाई गुम्बा बनाएर त्यहाँ उक्त बुद्धको मूर्ति राख्न लागिएको हो ।

पाटन औद्योगिक क्षेत्रभित्र रहेको शाक्य ह्यान्डिक्राफ्टमा मूर्तिकार विरेन्द्र अवालेको समूहले उक्त मूर्ति तयार गरेको हो । उक्त समूहमा कलाकार गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन छन् ।

उक्त मूर्तिलाई सोमबार अमेरिका लगिने कार्यक्रम रहेको छ । तामाका उक्त मूर्ति बनाउन दुई वर्ष लागेको मूर्तिकार विरेन्द्रले बताए ।

उक्त मूर्ति हेर्न पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला र कलाकारको प्रसिद्धीलाई यो कामले थप उचाई दिएको बताए । उनले मूर्तिकारको कामको प्रशंसा गर्दै महानगरले कला, संस्कृतिको संरक्षणका प्रतिबद्ध रहेको बताए ।

‘भिला परासोल टेम्पल’ले शाक्य ह्यान्डि क्राफ्टलाई मूर्ति निर्माणको लागि अनुरोध गरेको क्राफ्टका ‘प्रोप्राइटर’सागर शाक्यले बताए । उभिएको बुद्धको उक्त मूर्ति निकै आकर्षक भएको बताउँदै आफ्नो कारखानाबाट धेरै यस्ता मूर्ति विदेश पठाएको जानकारी दिए ।

भिला परासोल टेम्पलका ‘बोर्ड अफ डिरेक्टर’अल्फ्रेड वाङले चर्च किनेर त्यसलाई गुम्बाको रुपमा डिजाइन गरेपछि बुद्धको मूर्ति बनाउन ‘अर्डर’ दिएको बताए ।

बुद्धको मूर्ति प्रतिस्थापनाले गुम्बालाई अझै मनमोहक बनाउने उनले बताए ।

यसैगरी भिला परासोल टेम्पलका अध्यक्ष मरिआन हुङले बुद्धको मूर्ति मिहिनेतका साथ तयार गरेको खुशी व्यक्त गर्दै नेपाली मूर्तिकारको क्षमताको प्रसंशा गरिन् ।

विदेशी पाहुनासँग कुरा गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको पहिचान, कला र संस्कृति भएको बताए । विश्व कला परिषद्ले ललितपुरलाई ३५ औं कला नगरी घोषणा गरेको बताउँदै उक्त घोषणाले कला, संस्कृतिको संरक्षणमा महानगर जिम्मेवार, सर्तक र संवेदनशील भएको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ०० बजे

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

राजविराज– यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई

सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय-व्यवसाय बन्द

एजेन्सी– सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मंगलबार कम्तीमा

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन

काठमाडौं– एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्याङ्गना तथा मोडल सीधा

बेनीमा कपडा बैंक सञ्चालन

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको