युएईबाट घरेलु महिला कामदारलाई पुन: श्रम स्वीकृति दिन शुरु « Khabarhub

युएईबाट घरेलु महिला कामदारलाई पुन: श्रम स्वीकृति दिन शुरु


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले घरेलु महिला कामदारका रुपमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पुनः श्रम स्वीकृति जारी गर्ने काम शुरु गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौ १७ गते निश्चित प्रक्रिया पुरा गरेका घरेलु श्रमिकका रुपमा कार्यरत महिलालाई पुनः श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार संयुक्त अरब ईमिरेट्स (युएई)स्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति वितरण काम शुरु गरेको छ । दूतावासले पुन: श्रम स्वीकृति आवश्यक परेमा आवश्यक कागजात सहित सिफारिसका लागि निवेदन दिन सुचना प्रकाशित गरेको छ ।

दूतावासले अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौताको प्रतिपिलि, करारसहित राहदानीको प्रतिलिपि, घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिएर गएको श्रम स्वीकृतिको प्रमाण र घर फर्किँदा रोजगारदाताले दिने सुरक्षाको ग्यारेन्टीसहितको प्रमाण पेश गर्नुपर्ने जनाएको छ । तलब र अन्य सुविधाका कागजात पनि पेश गर्नुपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १२ : ११ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित