ग्यास्ट्रिक किन हुन्छ ? यस्ता छन् मुख्य ५ कारण « Khabarhub

ग्यास्ट्रिक किन हुन्छ ? यस्ता छन् मुख्य ५ कारण


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेटमा हुने एसिडले खाना पचाउनेदेखि खानामा आएका बाहिरी ब्याक्टेरियालाई मार्ने काम गर्दछ । तर पेटमा हुने अम्लीय पदार्थको उत्पादन बढी भएमा त्यसले तन्तुलाई जलाउने गर्दछ जसलाई साधारण भाषामा ग्यास्ट्रिक भनिन्छ ।

ग्यास्ट्रिक हुँदा पेट फुल्ने, ढ्याउ आउने, पेट भारी हुने, खाना नपच्ने, बान्ता हुने वा पेट दुख्नेजस्ता समस्या देखिन्छन् । लामो समयसम्म खाना नखाँदा पनि ग्यास्ट्रिक भई पेट पोल्ने, खान मन नलाग्ने लगायतका समस्याहरु हुने गर्दछन् । जसका कारणले पाचन प्रकियामा असर पु¥याँउछ र शरीरमा रगत र क्याल्सियमको कमी गराउन सक्छ ।

लामो समयसम्म ग्यास्ट्रिक हुदा कालान्तरमा अल्सर हुँदै क्यान्सरसम्म हुनसक्छ ।

ग्यास्ट्रिक हुनुको कारण ?

– ग्यास्ट्रिक हुनुको मुख्य कारण भनेको खानपानमा हुने गडबडी हो । समयमा नखाने तथा पाएको बखतमा जे पानि खाने बानीले मानिसलाई ग्यास्ट्रिक हुने गर्दछ ।

– बढी चिल्लो तथा मसालेदार खाना खानाले समेत ग्यास्ट्रिक हुन्छ भने तारेको, भुटेको खानाका कारणले पनि ग्यास्ट्रिक हुन्छ ।

– बाहिरी खानाको प्रयोग गर्ने, फास्टफूड र जंकफूडको अत्यधिक सेवन गर्ने तथा झोलिलो खाना नखाने ब्यक्तिमा समेत ग्यास्ट्रिकको समस्या हुने गर्दछ ।

– शरीरमा भएका दीर्घरोगको नियन्त्रणका नाममा सेवन गरिने औषधि र बिषेशतः दुखाई कम गर्ने औसाधिको सेवन गर्दा समेत ग्यास्ट्रिक हुन्छ ।

– मदिरा, सुर्ती तथा ड्रग्सको सेवन गर्नेहरुमा र मानसिक तनाव लिनेहरुमा समेत ग्यास्ट्रिकको समस्या हुन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १२ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै