केटाको खडेरी लागेपछि सामूहिक बिहेको अपिल गर्दै सुन्दरीहरु | Khabarhub Khabarhub

केटाको खडेरी लागेपछि सामूहिक बिहेको अपिल गर्दै सुन्दरीहरु


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बैंस छ, उमेर छ अनि रुप पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । यो समस्या ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको हो । उमेर ढल्किँदै गइसक्यो तर बिहेका लागि एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरु अहिले सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन् ।

अहिले कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष नै छैनन् । तर, ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित छन् । समाचार माध्यममा जनाईएअनुसार ती मध्ये अधिकांश ३५ वर्ष मुनिका नै रहेका छन् ।

केटा नपाएपछि अहिले उनीहरु अविवाहित केटाहरुलाई आफूसँग सम्बन्ध गाँस्न सामूहिक अनुरोध गर्दै आएका छन् ।

तथ्याङ्कअनुसार समग्र ब्राजिलमा भने एक सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन् ।

त्यसो त यो समस्या ब्राजिलको कोर्डेरियो सहरको मात्र होइन । रुसका केही स्थानमा पनि हालत यस्तै छ । त्यहाँ पनि केटीहरुको भन्दा केटाहरुको संख्या निकै कम छ । जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नुपर्ने अवस्थामा छ ।
उता भिक्टोरियामा पनि एक सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । अर्थात् पुरुष भन्दा ६० हजार बढी महिला छन् भिक्टोरियामा ।

त्यहाँ पनि युवतीलाई पुरुष भेट्टाउन हम्मे हम्मे पर्छ । तर छिमेकी राष्ट्र चीनमा भने महिलाको संख्या कम छ त्यहाँ अहिले विस्तारै एकल पुरुषहरुको संख्या बढिरहेको छ । केही अध्ययनअनुसार, भविष्यमा चीनका २५ प्रतिशत पुरुषले कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ४ : ५९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र