केटाको खडेरी लागेपछि सामूहिक बिहेको अपिल गर्दै सुन्दरीहरु « Khabarhub

केटाको खडेरी लागेपछि सामूहिक बिहेको अपिल गर्दै सुन्दरीहरु


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बैंस छ, उमेर छ अनि रुप पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । यो समस्या ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको हो । उमेर ढल्किँदै गइसक्यो तर बिहेका लागि एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरु अहिले सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन् ।

अहिले कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष नै छैनन् । तर, ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित छन् । समाचार माध्यममा जनाईएअनुसार ती मध्ये अधिकांश ३५ वर्ष मुनिका नै रहेका छन् ।

केटा नपाएपछि अहिले उनीहरु अविवाहित केटाहरुलाई आफूसँग सम्बन्ध गाँस्न सामूहिक अनुरोध गर्दै आएका छन् ।

तथ्याङ्कअनुसार समग्र ब्राजिलमा भने एक सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन् ।

त्यसो त यो समस्या ब्राजिलको कोर्डेरियो सहरको मात्र होइन । रुसका केही स्थानमा पनि हालत यस्तै छ । त्यहाँ पनि केटीहरुको भन्दा केटाहरुको संख्या निकै कम छ । जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नुपर्ने अवस्थामा छ ।
उता भिक्टोरियामा पनि एक सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । अर्थात् पुरुष भन्दा ६० हजार बढी महिला छन् भिक्टोरियामा ।

त्यहाँ पनि युवतीलाई पुरुष भेट्टाउन हम्मे हम्मे पर्छ । तर छिमेकी राष्ट्र चीनमा भने महिलाको संख्या कम छ त्यहाँ अहिले विस्तारै एकल पुरुषहरुको संख्या बढिरहेको छ । केही अध्ययनअनुसार, भविष्यमा चीनका २५ प्रतिशत पुरुषले कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ४ : ५९ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी