डेंगुको निःशुल्क परीक्षणका लागि ५ सय थान किट हस्तान्तरण « Khabarhub

डेंगुको निःशुल्क परीक्षणका लागि ५ सय थान किट हस्तान्तरण


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– देशैभर डेंगुको प्रकोप बढिरहेका बेला चितवनमा व्यवसायीले ५ सय थान डेंगु परीक्षण गर्ने किट उपलब्ध गराएका छन् । उनीहरुले विपन्न गरीब बिरामीको उपचारका लागि निःशुल्क रुपमा डेंगु किट उपलब्ध गराएका हुन् ।

व्यवसायी तथा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेशकुमार चुके र उनकी श्रीमती सन्ध्या लक्ष्मीले संयुक्त रुपमा १ लाख ४० हजार मूल्यको उक्त किट उपलब्ध गराएका हुन् ।

भरतपुर अस्पतालमा उपचार गर्न आउने विपन्न बिरामीको सहयोगका लागि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तीवारीलाई सो किट हस्तान्तरण गरिएको चुकेले जानकारी दिए । अहिले डेंगु फैलिएको भन्दै गरीब बिरामीको निःशुल्क रुपमा उपचार गर्न सहयोगी मनहरुको खाँचो रहेको सो सामग्री हस्तान्तरण कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।

चुके गणेशधाम संरक्षण सम्बर्द्धन  समितिका अध्यक्ष समेत हुन् । उनले हरेक वर्ष विपन्न विद्यार्थीलाई सहयोग गर्दै आएको पनि बताए ।

चितवनका प्रजिअ जीतेन्द्र बस्नेतले चुके दम्पतीले सरकारको अभियानलाई सहयोग पुग्ने जनहित कार्य गरेको बताए । साथै सोही अवसरमा प्रेम सुपर मार्केटका सञ्चालक प्रेमकुमार श्रेष्ठले १०० वटा किट उपलब्ध गराए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : १० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी