काठमाडौं– सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ ।
बचत र मुद्दतीको समायोजन गरी बनाइएको एन्यूटी डिपोजिट योजना अन्तर्गत बचतकर्ताले भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाइएको रकम सो अवधि पश्चात एक्मुष्ठ प्राप्त गर्न सकिनेछ ।
सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने बैंकले जनाएको छ । न्यूनतम मौज्दात रु १,०००।– बाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने जनाइएको छ ।
१ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजनाहरु साकार पार्न यस निक्षेप योजनाले सघाउने बैंकले विश्वास लिएको छ । ग्राहकहरुको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाइनेछ ।
सिभिल एन्यूटी डिपोजिट बाट बचतकर्ताले आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६०% सम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया