गाडीमा यौन दुर्व्यवहार गरेको भन्दै पूर्व सांसद पक्राउ « Khabarhub

गाडीमा यौन दुर्व्यवहार गरेको भन्दै पूर्व सांसद पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक यातायातमा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सभासद (पूर्व सांसद)  पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा योगेन्द्र घिसिङ छन् । घिसिङ तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए ।

पीडित पक्षको उजुरीका आधारमा पूर्व सभासद घिसिङलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घिसिङलाई भने तत्कालीन माओवादीले नै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको थियो ।

स्थानीय तहको निर्वाचनका बेला आफू निकटका व्यक्तिलाई उम्मेदवार हुन भन्दै टिकट दिएको आरोपमा उनी माओवादीबाट निष्काशनमा परेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ४६ बजे

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार

के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि मंगलबार र

काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली