गाडी खरिदमा स्थानीय तहको मनोमानी, अख्तियारले माग्यो कागजात « Khabarhub

गाडी खरिदमा स्थानीय तहको मनोमानी, अख्तियारले माग्यो कागजात


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाका नौ वटा स्थानीय तहहरुले आफूखुसी गाडी खरिद गरेकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले चासो देखाएको छ ।

आफूखुसी यहाँका स्थानीय तहले धमाधम गाडी किनेको समाचार बाहिर आएपछि आयोगले डोटीका सबै स्थानीय तहसँग सवारी साधन खरिदसम्बन्धी कागजपत्र मागेको छ ।

यातायातका साधन खरिदमा मनोमानी गरेको भन्दै स्थानीय तहसँग आयोगको कञ्चनपुर कार्यालयले कागजात माग गरेको हो । आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले स्थानीय तहले सवारी साधन खरिद गरेको बारेमा धेरै उजुरी आएकाले सवारी साधन खरिद प्रक्रियासँग सम्बन्धित कागजपत्र माग गरेको जानकारी दिए ।

उनले भने, ‘गाडी खरिदको विषयमा उजुरी परेपछि हामीले कागजात मागेका छौँ, केही स्थानीय तहले कागजपत्र बुझाइसकेका छन्, केहीले अब बुझाउँछन् होला ।’

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका स्थानीय तहले २०७४ साउनदेखि २०७५ पुस मसान्तसम्म रु १० करोड ९३ लाख ८६ हजार मूल्यका सवारी साधन खरिद गरेका छन् । डोटीको जिल्लाको पूर्वीचौकी गाउँपालिकाले सवारी साधन खरिदमा सबैभन्दा बढी खर्च गरेको छ ।

पूर्वीचौकी गाउँपालिकाले रु दुई करोड ६७ लाख ५५ हजार गाडी खरिदमा खर्च गरेको छ । दश मोटरसाइकल खरिदमा रु २४ लाख ९७ हजार २ सय, पिकअप जीप खरिदमा रु ३७ लाख २० हजार, एक्जाभेटर खरिदमा रु एक करोड २३ लाख ६२ हजार तथा दुई वटा बस खरिदमा रु ८१ लाख ७६ हजार खर्च भएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै शिखर नगरपालिकाले सवारी साधान खरिदमा रु एक करोड ५४ लाख २९ हजार खर्च गरेको छ । दिपायल सिलगढी नगरपालिकाले सवारी साधन खरिदमा रु एक करोड छ लाख ८७ हजार खर्च गरेको छ भने बडीकेदार गाउँपालिकाले रु एक करोड ८१ लाख ७९ हजार खर्च गरेको देखिएको छ ।

त्यसैगरी सायल गाउँपालिकाले रु एक करोड ५६ लाख १६ हजार, केआइसिंह गाउँपालिकाले रु ९३ लाख ८२ हजार, बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार, जोरायल गाउँपालिकाले रु ५८ लाख ३८ हजार तथा आदर्श गाउँपालिकाले सवारी खरिदमा रु ५७ लाख २२ हजार खर्च गरेको देखिएको छ । स्थानीय तहले खरिद गरेका एउटै कम्पनी तथा एउटै खालका सवारी साधनको मूल्य भने फरकफरक रहेको पाइएपछि अख्तियारमा उजुरी परेको हो ।

एउटै कम्पनी तथा एउटै खालका सवारी साधनको मूल्य कसरी गाउँपालिकामा फरकफरक भयो ? यो विषयले डोटीमा निकै खैलाबैला मच्चिरहेको छ । जनताको विकासका लागि आएको बजेट स्थानीय तहका जनप्रतिनिधिले आफूखुसी गाडी किन्नमै सकेको भन्दै यहाँका स्थानीय निकै आक्रोशित भएको दिपायलका स्थानीय जगतबहादुर बमले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ०५ बजे

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै

‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’

एजेन्सी– पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड

काठमाडौं– विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा

दोस्रो ओभरमै लुम्बिनीले लियो दुई ओपरनसहितको ३ विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार