शल्यक्रिया गराएका ब्राजिलका राष्ट्रपति मंगलबारबाट नियमित काममा « Khabarhub

शल्यक्रिया गराएका ब्राजिलका राष्ट्रपति मंगलबारबाट नियमित काममा


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– स्वास्थ्यमा समस्या आएपछि शल्यक्रिया गराएका ब्राजिलका राष्ट्रपति जइर बोलसोनारो मंगलबारबाट नियमित काममा फर्किने भएका छन् ।
अस्पतालको शैय्याबाट भिडियो सार्वजनिक गर्दै राष्ट्रपति बोलसोनारोले मंगलबारबाट नियमित काममा फर्किने जनाएका हुन् । उनले भिडियोमा भनेका छन्, ‘लोकहरु ! मैले सोमबारको मात्र विदा लिएको छु, म मंगलबारबाट काममा फर्किनेछु ।’

उनको ५ घण्टासम्म हर्नियाको शल्यक्रिया भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको पेटको झिल्लीमा समस्याका कारण उनको हर्नियाको शल्यक्रिया गरिएको हो ।

एक वर्षअघि निर्वाचन अभियानका क्रममा एकजनाले पेटमा छुरा धसेपछि उनले तीन पटक शल्यक्रिया गरेका थिए । तीनै शल्यक्रियाका कारण उनको पेटमा समस्या आएको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ३२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार