पृतनापति समन्वयात्मक बैठक सम्पन्न « Khabarhub

पृतनापति समन्वयात्मक बैठक सम्पन्न


२३ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

गत शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक सोमाबार समापन भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका हुन् ।

समन्वयात्मक बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।

बैठकमा नेपाली सेनाका विविध कार्यहरुको प्रगति समिक्षा, मुल्याङ्कन र विश्लेषण समेत भएको थियो । समापनको क्रममा प्रधानसेनापति थापाले नेपाली सेनाको दीर्घकालीन सांगठनिक सुदृढिकरण र विकासका योजनाहरुको सफल कार्यान्वयन गर्न तथा संस्थाभित्र भएका सकारात्मक परिवर्तनलाई आत्मसात् गर्न आग्रह गरे ।

उनले नेपाली सेनालाई आफ्नो दायित्वप्रति उत्तरदायी हुनुको साथै नागरिक-सैनिक सम्बन्धलाई परिणाममुखी बनाउन आग्रह गरे । उनले स्थानीय आवश्यकताहरुलाई मध्यनजर गरी जनहितका कार्यहरु सञ्‍चालन तथा अनुगमन गर्न सबै पृतनापतिहरुलाई पहल कदमी लिन निर्देशन दिएका थिए ।

नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७६, सोमबार  ८ : ५७ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर