ट्रम्पविरुद्धको महाभियोग छानबिनमा ह्वाइट हाउसले नसघाउने « Khabarhub

 ट्रम्पविरुद्धको महाभियोग छानबिनमा ह्वाइट हाउसले नसघाउने


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कललाई लिएर विवादमा तानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको छानबिनमा ह्वाइट हाउसले नसघाउने जनाएको छ।

विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगको छानबिनमा ह्वाइट हाउसले नसघाउने जनाएको हो ।  सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ।

पत्रमा के छ ?
डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन्।

“अमेरिकी जनताप्रतिको आफ्नो कर्तव्य पूरा गर्नाका निमित्त…राष्ट्रपति ट्रम्प तथा उनको प्रशासन वर्तमान परिस्थितिमा तपाइँको यो पक्षपातपूर्ण एवं असंवैधानिक छानबिनमा सहभागी हुन सक्दैनन्,” पत्रमा उल्लेख छ।

यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली संघका निम्ति उनका राजदूतलाई सदनले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए।

तर सभामुख न्यान्सी पेलीसीले त्यसो गरेर राष्ट्रपतिले छानबिनमा बाधा पुर्‍याउन खोजेको बताइन्। उनले भनिन्, “हामीमध्ये कोही पनि राष्ट्रपतिलाई महाभियोग लाउन भनेर संसदमा पुगेका होइनन्। यो त हाम्रो देशको लागि एकदम गम्भीर विषय हो। राष्ट्रपतिले कंग्रेसलाई आवश्यक जानकारी लिने काममा बाधा गरेका छन्।”

यसबीच अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका डेमोक्र्याटिक नेताहरूले युरोपेली संघका निम्ति अमेरिकी राजदूतलाई एक मुख्य साक्षीको रूपमा बयान दिन पत्र काटेका छन्।

ट्रम्प प्रशासनले उनलाई बयान नदिन आदेश दिएपछि सो पत्र काटिएको हो।

यसअघि प्रतिनिधिसभाको जासुसीसम्बन्धी समितिका प्रमुख एडम सीफले ती राजदूत गोर्डन सन्डल्यान्डलाई बयान दिनका लागि उपस्थित हुन बाध्यकारी पत्र काटिने बताएका थिए।

ती राजदूतसँग राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको विवादास्पद फोन वार्ताको तयारी तथा अन्य विषयबारे सोधपूछ गर्न डाक्न लागिएको बताइएको छ।

के मा छानबिन?
युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध छानबिन गराउन दबाव दिएको आरोपमा ट्रम्पमाथि छानबिन भइरहेको छ।

सदनमा डेमोक्र्याटिक पार्टी नेताको नेतृत्वमा रहेका तीनवटा समितिले राष्ट्रपतिमाथि अनुसन्धान गरिरहेका छन्।

जुलाइमा भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँगको फोन कुराकानीमा ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन आग्रह गरेका आरोप लागेका छन्।

यस विषयमा छानबिन गर्न युक्रेनलाई दबाव दिइएको र त्यसो नगरे सुरक्षा सहयोग स्थगित गरिदिने डर देखाइएको वा भनेको माने युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसमा निम्त्याइने लोभ देखाइएको बताइएको छ।

केही दिन अघि उक्त विवादास्पद फोन कलका अर्का एकजना जानकारले पनि उजुरी गरेका थिए।

बीबीसी सम्वाददाताका अनुसार दोस्रो उजुरीकर्ताले राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनको अवस्था झन् जटिल बनाइदिन्छ किनभने उनीहरूले पहिलो उजुरीकर्ता राजनीतिक पूर्वाग्रह ग्रसित भनेर लाञ्छना लगाएका थिए। बीबीसीबाट

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ७ : ५३ बजे

सशस्त्र प्रहरीद्वारा ठोरीबाट ९१ केजी गाँजा बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अवैध

सञ्चारमन्त्री खरेलको पहलमा पत्रकार सुरेश रजक सहिद घोषणा

काठमाडौं– विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका

एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल

धादिङमा सबस्टेसन निर्माण : हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्या हट्दै

काठमाडौं– भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल