आयरल्याण्डले नेपाललाई दियो १४६ रनको लक्ष्य « Khabarhub

आयरल्याण्डले नेपाललाई दियो १४६ रनको लक्ष्य


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच देशीय टी–ट्वान्टी सिरिजमा आयरल्याण्डले नेपाललाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

आयरल्याण्डका ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाए । एन्ड्री बलबीनीले ३८ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

नेपालका अविनाश बोहरा र सन्दीप लामिछानेले समान २ तथा ललित राजवंशी र करण केसीले समान एक विकेट लिएका थिए ।

सन्दीपले आयरल्याण्डका आक्रमक ब्याट्सम्यान केभिन ओ ब्रोएनलाई ५ रनमा पोविलियनको बाटो देखाउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

आयरल्याण्डविरुद्दकाे खेलमा नेपालले टिममा मुख्य दुई परिवर्तन गरेको छ । ओपनिङमा इशान पाण्डे र आक्रमक ब्याट्सम्यान सन्दीप जोरालाई मौका दिईएको छ ।

नेपालले अघिल्लो खेलमा जम्न नसकेका ओपनर पवन सरार्फ र रोहितकुमार पौडेललाई टिम बाहिर राखेको छ ।

पवनको स्थानमा ईशान र रोहितको स्थानमा सन्दीपलाई मौका दिईएको हो । नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो । नेपाल टेष्ट राष्ट्र आयरल्याण्डलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ ।

टेष्ट राष्ट्रमाथि जित निकाल्दै इतिहास बनाउने अवसर नेपाललाई छ । नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन । तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।

नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  १ : १७ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी