एनआरएन सम्मेलनको तयारी शुरु, सहभागी काठमाडौंमा भेला हुँदै « Khabarhub

एनआरएन सम्मेलनको तयारी शुरु, सहभागी काठमाडौंमा भेला हुँदै


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको छ ।

एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दाबढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेको जानकारी दिइन ।

एनआरएनएको सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ । ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पनि एनआरएनएको अनुमान छ ।

सम्मेलनमा बिहीबारबाट सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम शुरु हुनेछ । सम्मेलनमा सहभागीले २७ गतेसम्म नाम दर्ताको काम सकिसक्नुपर्ने एनआरएनले जनाएको छ ।

असोज २८ गते हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा सबैलाई सहभागी हुन एनआरएनले आह्वान गरेकोछ । हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ४ : १० बजे

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध