नेपाल र एमसीसीबीचको टी-ट्वान्टी क्रिकेट आज « Khabarhub

नेपाल र एमसीसीबीचको टी-ट्वान्टी क्रिकेट आज


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपालबीचको टी–ट्वान्टी क्रिकेट आज (शनिबार) हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ११ बजेपछि शुरु हुनेछ । एमसीसीले नेपाल मिक्स यू–१९ टिमविरुद्ध पहिलो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो ।

नेपाली टिमको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् । पहिलो एकदिवसीय खेलमा एमसीसीसंग नेपाली यू–१९ टिम पराजित भएको थियो ।

तर, सिनियर क्रिकेट टिमले दोस्रो एक दिवसीय खेलमा एमसीसीलाई हराएको थियो । नेपालविरुद्धको तीन दिवसीय क्रिकेटमा भने एमसीसीले ठुलो अन्तरको जित आत्मसाथ गरेको थियो ।

टी-ट्वान्टी पछि एमसीसी टिम पोखरा जानेछ । त्यहाँ उसले पोखरा आमन्त्रण-११ र मुख्यमन्त्री-११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया