सुखको खोजीमा « Khabarhub

सुखको खोजीमा


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

साह्रै दुख भयो यो गाउँमा
अशिक्षा, अज्ञानताले थिचेको यो ठाउँमा
न पानी, न सडक न त कुनै सुबिधा नै छ ।

त्यसैले,

जान्छु अब यो कुरुप ठाउँदेखि टाढा
बनाउँछु जीवनलाई रंगिन अनि गाढा
भन्दै निस्कियो त्यो युवा सुखको खोजीमा ।

अनि,

गाउँबाट सहर हुँदै पुग्यो खांडी सम्म
रगत पसिना बगाएर गर्यो केहि जम्मा
अनि सोच्यो, यहाँ पनि दुख रैछ जान्छु अब युरोप ।

फर्किएर,

युरोप जाने, सुख पाउने , रमाउने सोच्दै
भौतारियो काठमान्डू दलाललाई खोज्दै
अन्ततः पसिनाको धरौटीमा जाने भयो युरोप ।

युरोप पुगेपछि,

कति ठूला घरहरु, कति ठूलो बाटो
यहीं बस्न सुख नेपालको साटो
कमाउँछु यहीं, रमाउंछु यहीं, सुन्दर संसार बनाउँछु यहीं ।

न त रोक्ने कोही छ, न त छेक्ने कोही
काम जस्तो गरेपनि न त देख्ने कोही
नजरमा परिवार र साथीको कमाउने भा’छु
वाहवाही गर्छन् सबै युरोपमा जो आ’छु
त्यसैले, जस्तो जे भयपनि बस्छु अब यहीं,

बस्दा यसरी,

दिन महिना हुँदै बर्षौदिन बित्यो
एकदिन अचानक बिरामी ले थिच्यो
न कसैको साथ छ, न त पानी दिने हात छ ।

अनि सम्झियो,

घरमा आमाले मायाले दिएको एक गाँस भात
गल्ति गर्दा गालामा परेको बाबुको त्यो हात
हाटबजार र मेलापर्ममा सथीभाइले दिएको साथ
झस्कियो उ,

ओहो,

अशिक्षा नै होला तर विवेक त छ देशमा
अज्ञानता नै होला तर मानवता त छ देशमा
असुविधा नै होला तर साथ त छ देशमा
अभाव नै होला तर जीवन त छ देशमा

त्यसपछि उ,

कहिल्यै नरोकिने यो मानव चाहनालाई रोकी
फर्कन्छु आफ्नै मातृभूमि केही सिप र पुंजी बोकी
बगाउँछु पसिना कोर्छु आफ्नै माटो
पौरख गर्छु देशमै , विदेश बस्नु साटो
भन्दै, फर्कियो त्यो युवा आफ्नै जन्मभूमि
खुसी को खोजीमा सारा संसार घुमी

अहिले उ भन्छ,

चाडपर्व आफ्नो परिवारसँग मनाउँछु
परिवारको साथमा अनन्तः खुसी पाउँछु
पौरख गर्न सके देशमै हिरा फल्दोरैछ
विदेश त अब केवल घुम्न मात्रै आउँछु
विदेश त अब केवल घुम्न मात्रै आउँछु ।।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १ : ३२ बजे

एमालेमा अनेक हुन्छ : आफ्नै निर्देशनविपरीत अन्तिम समयमा ओलीको हस्तक्षेप, मन्त्रीको शपथ लिन तयार भएकाहरू जिल्लिए

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुन्डूबाट सुदूरपश्चिम

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत्

ट्राफिक प्रहरीको कारबाहीमा परे श्रमसंस्कृतिका अध्यक्ष हर्कराज राई, तिराइयो जरिवाना

काठमाडौं- प्रहरीले श्रमसंस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरपालिका-१८ निवासी हर्कराज राईलाई

निश्चित समय आन्तरिक उत्पादनलाई संरक्षण गर्न केही क्षेत्रमा कर लगाएका हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्रोत, समय र अपेक्षाको चापकाबीचमा