अयोध्यामा हिन्दूको पक्षमा फैसला आएपछि कसले के भने ? « Khabarhub

अयोध्यामा हिन्दूको पक्षमा फैसला आएपछि कसले के भने ?


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको सर्वोच्च अदालतले अयोध्याको विवादास्पद जमिनसम्बन्धी गरेको फैसलाप्रति मुस्लिम पक्षले असन्तुष्टि जनाएको छ ।

मुस्लिम पक्षका वकिल जफरयाब जिलानीले अदालतको फैसलालाई सम्मान गर्ने धारणा व्यक्त गर्दै निर्णयप्रति भने असन्तुष्टि जनाएका छन् ।

अदालतको फैसलापछि पत्रकार सम्मेलन गर्दै उनले फैसलाको समिक्षा गर्ने र त्यसपछि मात्रै कसरी अगाडि बढ्न सकिन्न भन्ने आधिकारिक धारणा बाहिर आउने जानकारी दिए ।

फैसलासम्बन्धमा पुर्नविचार गरेर मात्रै पुनः अपिल गर्ने वा नगर्ने भन्ने निर्णय लिने बताउँदै उनले सबै मानिसलाई शान्ति र संयम अपनाउन आग्रह पनि गरेका छन् । उनले यो कसैको जीत वा हार नभएको टिप्पणी गरेका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै अदालतको फैसला अधिकांश दृष्टिले महत्वपूर्ण रहेको बताएका छन् । यसले कुनै पनि विवाद सुल्झाउनका लागि कानुनी प्रक्रियाको पालन गर्नु कति महत्वपूर्ण छ भन्ने बताएको प्रधानमन्त्री मोदीको भनाइ छ । उनले दशकौ पुरानो मामिला सौहार्दपूर्ण ढंगले न्यायलयबाट समाधान भएको उल्लेख गर्दै यो फैसलालाई कसैको हार वा जीतको रुपमा हेरिन नहुने उल्लेख गरेका छन् ।

यस्तै, भारतका रक्षा मन्त्री राजनाथ सिंहले सर्वोच्च अदालतको फैसला सहज रुपमा स्वीकार गर्नु पर्ने बताएका छन् । उनले सर्वसाधारणसँग शान्ति र स्थिरता कायम राख्न पनि आग्रह गरेका छन् ।

यसअघि शनिबार दशकौँ अघिदेखिको अयोध्यास्थित जग्गा विवादसम्बन्धमा भारतको सर्वोच्च अदालतले फैसला सुनाउँदै उक्त जग्गा राम मन्दिरको हुने फैसला गरेको थियो ।

यो फैसलासँगै राम मन्दिर–बाबरी मस्जिदको विवादास्पद जग्गा राम मन्दिरले पाउने भएको छ ।

मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिइने सर्वोच्चले निर्णय सुनाएको छ । मुस्लिम पक्षलाई मस्जिद बनाउनका लागि पाँच एकड जमिन दिन केन्द्र सरकारलाई अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  २ : ४० बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर