नेपाल आउने पर्यटकको संख्यामा वृद्धि « Khabarhub

नेपाल आउने पर्यटकको संख्यामा वृद्धि


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत अक्टोबर महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ ।

पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख ४३ हजार ८ सय ७० जना पर्यटक नेपाल आएका छन् । यो गत वर्षको अक्टोबर महिनाको तुलनामा यस वर्ष १० प्रतिशतले बढी हो ।

जसमध्ये १ लाख २३ हजार २६७ जना हवाई मार्गबाट, २० हजार ६०३ जना सडकमार्गबाट नेपाल भित्रिएका थिए ।

सन् २०१९ को पहिलो १० महिनामा नेपाल आउने कुल पर्यटकको संख्या ९ लाख ७५ हजार ५५७ जना पर्यटक पुगेको छ । जसमध्ये ८ लाख २० हजार ४९९ पर्यटक हवाई मार्ग र १ लाख ५५ हजार ५८ जना पर्यटक सडकमार्गबाट नेपाल आएका छन् ।

यस वर्ष अक्टोबर महिनामा गत वर्षको अक्टोबार महिनाको तुलनामा नेपालमा भारतीय पर्यटक ९.१ प्रतिशतले बढेका छन् । भारतीय पर्यटक १२ हजार ७०७ नेपाल आएका छन् । नेपालमा सार्क राष्ट्रबाट आउने पर्यटकको अक्टोबर महिनामा मात्रै ७ प्रतिशतले बढेको छ ।

बोर्डका सीईओ दीपकराज जोशीले विदेशी पर्यटक बढ्नुमा निजी क्षेत्रसँगको सहकार्य, कुटनीतिक नियोग, नेपाली डायसपोरा, सञ्चारमाध्यम तथा साझेदारहरुको प्रमुख भूमिका रहेको बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ३ : ०२ बजे

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय