नेपाल आउने पर्यटकको संख्यामा वृद्धि | Khabarhub Khabarhub

नेपाल आउने पर्यटकको संख्यामा वृद्धि


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत अक्टोबर महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ ।

पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख ४३ हजार ८ सय ७० जना पर्यटक नेपाल आएका छन् । यो गत वर्षको अक्टोबर महिनाको तुलनामा यस वर्ष १० प्रतिशतले बढी हो ।

जसमध्ये १ लाख २३ हजार २६७ जना हवाई मार्गबाट, २० हजार ६०३ जना सडकमार्गबाट नेपाल भित्रिएका थिए ।

सन् २०१९ को पहिलो १० महिनामा नेपाल आउने कुल पर्यटकको संख्या ९ लाख ७५ हजार ५५७ जना पर्यटक पुगेको छ । जसमध्ये ८ लाख २० हजार ४९९ पर्यटक हवाई मार्ग र १ लाख ५५ हजार ५८ जना पर्यटक सडकमार्गबाट नेपाल आएका छन् ।

यस वर्ष अक्टोबर महिनामा गत वर्षको अक्टोबार महिनाको तुलनामा नेपालमा भारतीय पर्यटक ९.१ प्रतिशतले बढेका छन् । भारतीय पर्यटक १२ हजार ७०७ नेपाल आएका छन् । नेपालमा सार्क राष्ट्रबाट आउने पर्यटकको अक्टोबर महिनामा मात्रै ७ प्रतिशतले बढेको छ ।

बोर्डका सीईओ दीपकराज जोशीले विदेशी पर्यटक बढ्नुमा निजी क्षेत्रसँगको सहकार्य, कुटनीतिक नियोग, नेपाली डायसपोरा, सञ्चारमाध्यम तथा साझेदारहरुको प्रमुख भूमिका रहेको बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ३ : ०२ बजे

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै