ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु « Khabarhub

ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ ।

गएराति दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको हो ।

राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नं को ट्र्याक्टर र म २ प ७०३४ नं को मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवै जनाको मृत्यु भएको थियो । ट्र्याक्टरका चालक फरार छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ४ : २२ बजे

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव