१३औँ साग तोकिएकै मितिमा हुने पक्का « Khabarhub

१३औँ साग तोकिएकै मितिमा हुने पक्का


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै समयमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बोर्ड बैठकले साग तोकिएकै समयमा भव्यताको साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।

मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने तय भएको सागको उद्घाटनस्थल लगायत पूर्वाधार निर्माणाधिन अवस्थामा रहँदा साग सर्ने हो कि भन्ने आशंका भइरहँदा एसएओसीको बैठकले तोकिएकै मितिमा गर्नु पर्ने निर्णय गरेको एसएओसीका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

दक्षिण एसियाली राष्ट्रको ओलम्पिक कमिटीका प्रतिनिधिहरुले साग समयमै गर्नु पर्नेमा जोड दिएको अध्यक्ष श्रेष्ठले बताए ।

‘सहभागी राष्ट्रका प्रतिनिधिहरुले पूर्वाधार अलि अगाडि निर्माण भइसकेको भए राम्रो हुन्थ्यो भन्नु भयो । तर, अझै पनि उहाँहरुले अहिल तोकिएकै मितिमा गर्न नेपाल सक्षम रहेको बताउँनु भएको छ,’ श्रेष्ठले भने,‘अब साग कुनै पनि हातलमा तोकिएकै समयमा हुन्छ ।

सरकारका तर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवले पूर्वाधार समयमै सम्पन्न हुने प्रतिबद्धता जनाउनु भएको छ ।’

राखेप सदस्य सचिव रमेश कुमार सिलवालले निर्माणधिन अवस्थामा रहेका संरचना ७ दिनभित्र तयार हुने बताएका छन् ।

यस्तै, एसएओसीको बैठकले बक्सिङमा २९ केजी तौल समूहको ‘क्याटगोरी’ र एथलेटिक्समा एक जना खेलाडी र साइकिलिङमा २ जना खेलाडी थप्ने पनि निर्णय गरेको छ ।

यसैगरी, १४ औं सागको आयोजनाका लागि पाकिस्तानलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ । अल्फाबेटीकल्ली १४औं साग पाकिस्तानले गर्नु पर्ने पालो हो । यदि कुनै परिस्थितीमा पाकिस्तानले आयोजना गर्न सक्ने अवस्था बनेन भने श्रीलंका र माल्दिभ्सले संयुक्त आयोजना गर्ने तयारीमा रहेको एसएओसीका अध्यक्ष श्रेष्ठले बताए ।

एसएओसीको बैठकको उद्घाटन शत्रमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले विविध कारणले साग ३ पटक सार्नु परे पनि अब तोकिएकै समयमा आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ५ : २८ बजे

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा