फास्टट्रयाकको सुरुङ ४ वर्षभित्र बनिसक्ने | Khabarhub Khabarhub

फास्टट्रयाकको सुरुङ ४ वर्षभित्र बनिसक्ने


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं–तराई/मधेस द्रूतमार्ग (फास्टट्र्याक) निर्माण तीव्र गतिमा चलिरहेको छ । २०८१ वैशाखमा सम्पन्न गर्ने लक्ष्यसहित द्रूतमार्गमा काम अघि बढिरहेको सेनाले जनाएको हो ।

द्रूतमार्ग आयोजनाबारे जानकारी दिन भद्रकालीस्थित जंगी अड्डामा सोमबार आयोजित पत्रकार सम्मेलनमा द्रूतमार्ग आयोजना प्रमुख प्राविधिक सहायकरथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्ममा सम्पन्न हुने जानकारी दिए । उनका अनुसार सो मार्गमा सबैभन्दा जटिल काम सुरुङ निर्माण रहेको छ । चार वर्षभित्र सुरुङ बनिसक्दा सबै काम सकिने छ ।

‘यो आयोजनको जटिल काम भनेकै सुरुङ निर्माण हो, दुबै तर्फबाट गरी सुरुङको काम चार वर्षभित्र सक्ने लक्ष्य छ,’ आयोजना प्रमुख श्रेष्ठले पत्रकारसम्मेलनमा भने, ‘सुरुङ बनिसक्दा अरु सबै निर्माण काम पनि सकिने छ ।’

नेपाली सेनाले सुरुङपछि जटिल मानिएको ठूला पुल निर्माण २०७७ पुसमा सुरु गरेर २०८० मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । द्रूतमार्गमा रहने कुल ८७ पुलमध्ये यस्ता पुल १६ वटा छन् । ती पुल निर्माण विदेशी कम्पनीले निर्माण गर्ने छन् ।

त्यस्तै, अन्य ७१ पुल निर्माण भने नेपाली निर्माण कम्पनीले नै गर्ने छन् । यी पुल २०७७ भदौमा सुरु गरेर २०८० पुसमा निर्माण गरिसक्ने सेनाको लक्ष्य छ ।

फास्ट ट्रयाकमा तीन स्थानमा सुरुङ हुनेछ । महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बन्ने छन् । तीन वटा गरी सुरुङको लम्बाई ६.४१ किलोमिटर हुनेछ । सुरुङको काम सकिएलगत्तै ‘फास्ट ट्रयाक’ निर्माण कार्य पनि सकिने जनाइएको छ । सेनाका अनुसार पुल र सुरुङबाहेकका काम भने २०८० असोजमै सकिनेछ । सरकारले २०७४ वैशाखमा चार वर्षभित्र सक्नेगरी फास्टट्र्याक निर्माण जिम्मा सेनालाई दिएको हो । सोही वर्ष जेठमा फास्ट ट्रयाक शिलान्यास र साउनदेखि काम सुरु गरिएको थियो ।

७२.५ किमि फास्टट्र्याक चार लेनको हुने तथा तराई भू–भागमा २७ र पहाडी भू–भागमा २५ मिटर चौडाइको बन्ने छ । फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९६ किलोमिटर पुल रहनेछ । ललितपुर खोकना प्रवेशविन्दु रहेको फास्टट्र्याकको अन्तिम विन्दु बारा निजगढ हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ७ : ५८ बजे

विपद् प्रभावितलाई आवास निर्माणमा सरकार लागिपरेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले तीव्र रुपमा अस्थायी आवास र निजी

अन्नपूर्ण न्यूरो अस्पतालमा ग्लोबल आइएमईका ग्राहकलाई १० प्रतिशत छुट 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १०

सरकारलाई सार्वजनिक यातायात क्षेत्रको संशोधन प्रस्ताव

काठमाडौं– सवारी तथा यातायात व्यवस्था ऐनको सुधारको माग गर्दै आन्दोलनरत

नेफाले ३१ औँ कार्गो दिवस साउन १३ गते मनाउने

काठमाडौं– नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (नेफा)ले यस वर्षको ३१औँ कार्गो

‘रिमै’ भदौ २० मा सर्‍यो, यस्तो बन्यो टिजर

काठमाडौं – नयाँ प्रदर्शन मिति तोक्दै फिल्म ‘रिमै’को टिजर सार्वजनिक