यसपटक साग फुटबलमा नेपालले स्वर्ण जित्छ : कीर्तिमानी खेलाडी राजुकाजी शाक्य « Khabarhub

यसपटक साग फुटबलमा नेपालले स्वर्ण जित्छ : कीर्तिमानी खेलाडी राजुकाजी शाक्य



काठमाडौं– सन् १९८४ मा काठमाडौंमा उद्घाटन हुँदै शुरु भएको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज दशरथ रंगशालामा फुटबलको फाइनलसँगै सम्पन्न हुनेछ ।

पुरुष फुटबलमा स्वर्णका लागि नेपालले भुटानसँग खेल्नेछ । यसअघि तीन पटक सागमा स्वर्ण जितेको नेपाल चौथौ स्वर्णको दौडमा रहँदा कीर्तिमानधारी खेलाडी तथा राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्य नेपालले चौथो स्वर्ण जित्ने बताउँछन् ।

सन् १९८४मा नेपालले पहिलो संस्करणको स्वर्ण जित्दाका खेलाडी, सन् १९९३ मा ढाकामा भएको छैठौं सागमा कप्तानका रुपमा स्वर्ण जितेका र सन् २०१६ मा नेपाली टोलीले स्वर्ण जित्दा मुख्य प्रशिक्षकको भूमिकामा शाक्य थिए ।

नेपालले जितेको तीन स्वर्णमा शाक्यको नाम अग्रस्थानमा छ । तर, यतिबेला उनी अखिल नेपाल फुटबल संघ (एन्फा) भन्दा बाहिर छन् ।

फुटबलकै लागि जन्मिएको बताउने शाक्य अहिले न्युरोड टिम (एनआरटी) क्लबमा छन् । खेलाडी जिवनपछि एन्फामा प्रशिक्षकको जिम्मेवारीमा बर्षौसम्म रहेर जिम्मेवारी सम्हालेका उनी अहिले एन्फाभन्दा बाहिर रहेर समय कटाउनु पर्दा अहसज भइरहेको बताउँछन् ।

नेपालमा आयोजना भइरहेको सागमा नेपाली टोलले राम्रो खेलिरहेको कीर्तिमानी खेलाडी शाक्य बताउँछन् ।

‘नेपालका खेलाडीहरुले अहिले राम्रो खेलिरहेका छन् । अहिलेका खेलाडीहरु टेक्निकल्ली खेलिरहेका छन्,’ शाक्यले भने, ‘खेलाडी टेक्निकल्ली राम्रो खेलिरहेका भएपनि ‘ट्याक्टिकल’ कुराहरुमा अझै पछाडि छन् जस्तो देखिन्छ ।’

उनले नेपाल साग इतिहासमा आफुले खेलेका कुनै पनि खेलमा चौथो वरियता भन्दा तल नर्ओलिएको बताए । सन् १९८४ देखि १९९५ सम्म उनले राष्ट्रिय टोलीबाट खेलेका थिए ।

नेपाली टोलीका युवा खेलाडीहरु अहिले राम्रो खेलिरहेका छन् । उमेरसमूहमा खेलिरहेका, विश्वकप छनोटका खेल खेलिरहँदा अहिले नेपाली खेलाडीहरुको खेलमा सुधार आएको उनको भनाई छ ।

खेलाडीले प्रशिक्षकले सिकाएका कुरामा ध्यान दिएर खेल्यो भने राम्रो गर्न सक्ने उनको विश्वास छ ।

लामो समयपछि दशरथ रंगशालामा फुटबल फर्किदा दर्शकको उल्लेख्य साथ पाएकोमा प्रशिक्षक शाक्य खुसी छन् । ‘त्रिपुरेश्वको अहिलको माहौल भव्य छ । आइतबार पनि मैले हेरे बाहिर मान्छे पास छैन टिकट छैन कहि पाइछ कि भनेर कुदेका छन्,’ प्रशिक्षक शाक्यले भने, ‘चारै तिर मान्छेहरु कुदी रहेका छन् । यो त फुटबलका लागि सकारात्मक कुरा हो नि ।’

सागको व्यवस्थापनको कुरा गर्दा पहिलो संस्करण नेपालले आयोजना गर्दा ५ खेल सहभागी थिए भने अहिलेको खेलको संख्या २६ पुगिसकेको छ । सार्क मुलुकलाई एक ढिक्का पार्ने गरि आयोजना गरेको सागका लागि संरचना पनि धेरै थिएनन् । तर, त्यतिबेला जे थियो सबै व्यवस्थित र भव्य भएको शाक्यको अनुभव छ ।

‘पहिलो संस्करण नेपालबाटै शुरु भयो । देशहरुको सहभागिता राम्रो थियो । खेल ५ वटामात्रै थिए । जे जस्तो भएको थियो, त्यो भव्य नै थियो,’ शाक्य अहिलेको साग पनि सफल भएको बताउनु पर्ने सुझाउँछन् ।

‘सागको आयोजना हुनु नै ठूलो कुरा हो । त्यो भयो । चाहे त्यो अन्तिम समयमा गरिएको तयारी भएपनि साग हुनु पर्ने थियो,’ शाक्यले भने, ‘अन्तिम समयको तयारीले भएपनि साग आयोजना भयो ।’

शाक्यले यसपछि पुनः सागको आयोजना गर्नु पर्दा अहिलेको ढिलाईबाट पाठ सिक्नु पर्ने बताउँछन् ।

‘अहिलेको आयोजनाबाट फेरि कहिलै साग आयोजानको जिम्मा पाउँदा भौतिक पूर्वाधार समयमा बनाएर तयार अवस्थामा रहनु पर्छ भन्ने सिक्नु जरुरी छ,’ शाक्यले भने ।

तर, समग्रमा नेपालले राम्रो गरेको छ । स्वर्ण पनि जितेको छ । फुटबलको फाइनलमा भुटान छ । उसलाई हल्का रुपमा लिनुहुँदैन जस्तो शाक्यलाई लाग्दछ भन्छन्, ‘भुटानको फुटबलमा अहिले लगानी र खेलाडीको मेहनत दुवै बढेको छ । जसको नतिजा उनीहरु पहिलो पटक फाइनलमा पुगेका छन् ।’

‘भुटानको उमेर समूहका टिमको प्रदर्शन पनि राम्रो छ । उनीहरु दीर्घकालिन योजना अनुसार अगाडि बढिरहेका छन्,’ शाक्यले नेपाली फुटबल प्रेमीबारे थपे, ‘नेपाली दर्शकको क्रेज राम्रो छ एएफसीमा पनि राम्रो रिपोर्ट छ । समर्थकको साथको सदुपयोग गर्दै अगाडि बढ्न सक्नुपर्छ ।’

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : ५० बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो