यसरी गर्नुहोस् टनसिलको उपचार « Khabarhub

यसरी गर्नुहोस् टनसिलको उपचार


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जिब्रोको भित्री भाग तथा गलाको माथिल्लो सतहमा दुई गाँठा हुन्छन्, जसलाई बोलीचालीको भाषामा टनसिल भनिन्छ । यो संवेदनशील अंग प्रायः चिसोले सुन्निने गर्छ । तसर्थ, टनसिलको समस्या प्रायः चिसो मौसममा देखिने गर्छ ।

टनसिल सुन्निएको अवस्थामा खानपिनमा समस्या हुने मात्र होइन, दुखाईले थुक निल्न पनि कठिन हुने गर्छ । यस्तो अवस्थामा कसरी हेरचाह गर्न सकिन्छ भन्ने कुरा आजको टिप्समा प्रस्तुत गरेका छौं ।

टनसिलको लक्षण
– घाँटीमा खसखस हुने ।
– खाना, र्याल, रस, थुकसमेत निल्न गाह्रो हुने ।
– बोल्दा कठिनाइ अनुभव हुने ।

टनसिलका लागि योग

टनसिलबाट जोगिन उष्ट्रासन, ताडासन, पश्चिमोत्तासन, जालन्धरबन्ध उज्जासी प्राणायाम आदि योग गर्न सकिन्छ ।

टनसिलको जडीबुटी उपचार

– मनतातो पानीमा फिटकिरी मिसाएर उठ्नेबित्तिकै र सुत्नेवेलामा कुल्ला गर्ने ।
– तुलसी तथा खयरको बोक्रा लशून, असुरो, भृंगराजको चिया नुनसँग दिनको ३–४ पटक पिउने ।
– खयरको बोक्रा चुस्ने ।

टनसिलको प्राकृतिक उपचार

– कुलकुल तथा कुञ्जल क्रिया गर्ने
– एनिमा तथा बाफ लिने ।
– घाँटीमा तातो पट्टि लिने ।
– जीवनशैली परिवर्तन गर्ने । जस्तै, चुरोट, तमाखु, गाँजाजस्ता धूमजन्य पदार्थको सेवन छोड्ने । बासी, दूषित, बेमेल र अप्राकृतिक, चिसो भोजन नखाने ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : २८ बजे

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र