स्वास्थ्य मन्त्रीलाई कान्ति अस्पतालको मागपत्र– ७ करोड नगद, १७ नर्स र २० डाक्टर तत्काल चाहियो | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रीलाई कान्ति अस्पतालको मागपत्र– ७ करोड नगद, १७ नर्स र २० डाक्टर तत्काल चाहियो

कान्ति अस्पतालमा डाक्टरको क्वार्टर गाइगोरु बस्ने ठाउँ जस्तो !


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पतालको निरीक्षण गर्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कान्ति बाल अस्पतालका निर्देशक डाक्टर आरपी विच्छाले अस्पतालमा व्याप्त विभिन्न समस्या समाधानका लागि मागपत्र बुझाएका छन् ।

मन्त्री ढकालसामु अस्पतालका निर्देशक डा विच्छाले डाक्टर तथा नर्सको अभाव, बजेटको समस्यादेखि डाक्टर बस्ने क्वार्टर सम्मको अवस्थाबारे जानकारी गाउँदै त्यसको व्यवस्थापनको लागि पहल गर्न आग्रह गरेका हुन् ।

अस्पतालका निर्देशक डा विच्छाले अस्पताल विकास समिति खारेज भएपनि आफुसँग अधिकार नहुँदा चालु आर्थिक वर्षको बजेट स्वीकृत गर्न नसकेको र चिकित्सक तथा नर्स अभाव हुँदा करारमा नियुक्ती गर्न समेत नसकेको बताए ।

‘हाम्रो अस्पतालमा थुप्रै समस्याह छन्, सरकारले पठाएको बजेटमा १२ करोड तलबमा खर्च हुन्छ, २ करोड ८१ ला अझै अपुग छ,’ डा विच्छाले मन्त्री ढकाललाई भने, ‘२ सय ८१ जना करारका कर्मचारीलाई तलब भत्ता दिन समस्या छ, विकास समिति नहुँदा चालु आर्थिक वर्षमै बजेट स्वीकृत नै अन्यौलमा छ, कि विकास समिति हुनुपर्‍यो कि त्यसको अधिकार निर्देशकलाई दिनुपर्‍यो ।’

अस्पतालका निर्देशक डा विच्छाले अस्पताल सञ्चालनमा आर्थिक अभाव भएको भन्दै तत्काल साढे ७ करोड बजेट उपलब्ध गराउन माग गरे ।

‘बजेट नहुँदा अस्पताल चलाउन समस्या परेको छ, दैनिक काम सञ्चालका लागि साढे ७ करोड तुरुन्त चाहियो, २४ जना नर्स थप हुनुपर्नेमा झनै प्रदेश र स्थानीय तहमा यहाँबाट नर्स सरुवा हुनुभएको छ,डाक्टटको क्वार्टर गाईगोरु बस्ने ठाउँ जस्तो छ, त्यसको व्यवस्थापन गरीदिनुपर्‍यो,’ अस्पतालका निर्देशक डा विच्छाले भने, ‘हामीलाई अस्पताल नियमित रुपमा सञ्चालक गर्न अहिले ७ करोड बजेट, २० जना स्टाफ नर्स र २० जना मेडिकल अफिसर तत्काल आवश्यक छ, यो बजेट र जनशक्ती नभइ नहुने कुरा म मन्त्रीज्यु सामु निवेदन गर्छु ।’

अस्पतालका निर्देशक डा विच्छाले अस्पताल र कर्मचारीको समस्याबारे बताउँदै प्याथोलोजी र रेडियोलोजीमा दरवन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए ।

अस्पतालका निर्देशक डा विच्छाको गुनासो सुनेपछि मन्त्री ढकालले सबै सरकारी अस्पतालहरुमा उस्तै प्रकृतिको समस्याहरु रहेको बताए ।

‘कान्ती बाल अस्पताल अरुको तुलनामा राम्रो देखिन्छ, र पनि यहाँ स्तर विद्धि गर्नुपर्ने कुरामा ध्यान दिनुपछ, मैले आफु स्वास्थ्य मन्त्रालयमा आएदेखि नै उपत्यका भित्रका र चितवनका अस्पतालहरुमा समस्या सुन्ने काम गरिरहेको छु, सबैतिर समस्या उस्तै यस्तै खालका छन् ।’

मन्त्री ढकालले सबै केन्द्रिय अस्पतालहरुको निरिक्षण गरेर समस्याहरुको नितीगत तरिकाले समस्या समाधान गर्ने पनि बताए ।

‘राज्यले धान्न सक्ने र सबैतिरबाट माग भएर आएका एकदमै प्राथमिकतामा राख्नुपर्ने समस्याको आधारमा समाधान हुन्छ,’ मन्त्री ढकालले भने, ‘यो अस्पताल बालबालिकाको उपचार गर्ने केन्द्रिय अस्पताल भएकालले विरामीको प्राथमिकतामा हुनुपर्छ ।’

मन्त्री ढकालले सरकारी अस्पतालहरुमा चिकित्सकको संख्या र कार्यरत चिकित्सकको विवरण वैज्ञानिक ढंगबाट नराखिएको भन्दै डाक्टरको विवरण वइवसाइडमार्फत राख्न निर्देशन दिए ।

‘अब सबै सरकारी अस्पतालमा वइवसाइड बनाएर कुन अस्पतालमा कति डाक्टर छन् ? कति समयदेखि काम गरीरहेका छन् ? कुन समयसम्म अस्पतालमै हुन्छन् भनेर त्यो वइवसाइडमा राख्नुपर्छ,’ मन्त्री ढकालले भने, ‘ त्यसो भयो भने बिरामीले आफुले चाहेको डाक्टरसँग उपचार गराउन पाउने अधिकार पनि उपभोग गर्न पाउँछन् ।’

मन्त्री ढकालले सरकारी अस्पतालमा कार्यरत धेरे डाक्टर तथा नर्सहरु लामो समय विदामा रहेको पाइएको भन्दै विदाको विषयमा पनि सिस्टम बनाउन आवश्यक रहेको बताए ।

‘सरकारी अस्पतालमा मैले देखेको अर्को समस्या अध्ययन र विदाको विषयमा स्वास्थ्य क्षेत्र उदार रहेको छ, वीर अस्पतालमा ४० जना नर्स कता हुनुहुन्छ भन्दा अध्ययन विदामा रहेछन्, विदा नै नबस्ने भन्ने होइन तर कति प्रतिशत कर्मचारी बिदामा बस्ने ?,’ मन्त्री ढकालले भने, ‘सेवाप्रदायक संस्थामा यति धेरै संख्यामा जनशक्ती विदामा बस्दा उपचार गर्न आउने विरामीलाई पर्खनुस् डाक्टर अध्ययन विदाबाट आएपछि पालो आउछ भन्ने ? त्यसैले विदाको विषयमा पनि सिस्टम गर्नुपर्छ ।’

सरकारी अस्पतालहरुले भएको जनशक्तीमध्ये कतिले बिरामीको सेवा गरीरहेका छन् भन्ने तथ्यांक दिन नसकेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्त भएका स्वस्थ्य मन्त्री भानुभक्त ढकाल अस्पतालहरुको निरीक्षण गर्दै र गुनासो सुन्न व्यस्त भएका छन् ।

मन्त्री ढकालले यसअघि पनि थापाथलिको प्रसुति तथा स्त्री रोग अस्पताल, टेकुको शुक्रराज ट्रपिकल, गंगालाल अस्पताल लगायतका अस्पतालहरुको पनि निरीक्षण गरेका थिए ।  उनले केन्द्रिय सरकारको मातहतमा रहेको सबै अस्पतालको निरीक्षिण गर्ने बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ११ : ३८ बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी